प्रस, वीरगंज, ३१ वैशाख/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंज–१२ मुर्ली पोखरी परिसरमा निर्माण हुने वडा स्वास्थ्य चौकीको सोमवार शिलान्यास गरेका छन् ।
वडा स्वास्थ्य चौकी भाडामा सञ्चालन गर्दा कठिनाइ भएपछि आज नगरप्रमुख सिंहले भवनको शिलान्यास गर्दै तोकिएको समयमा निर्माण
सम्पन्न गर्न निर्देशन दिए । नगरप्रमुख सिंहले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज पु¥याउन
भवन निर्माणको काम अघि बढाइएको बताए ।
८६ लाख ३६ हजार रुपैयाँको लागतमा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी दिव्य/सूर्याेदय/आस्था जेभीले ठेक्का सकार गरेको छ ।
कार्यक्रममा वडाध्यक्षहरू सुरेशप्रसाद गुप्ता, प्रदीप चौरसिया, अवधकिशोर प्रसाद कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलगायतको सहभागिता थियो ।