प्रस, वीरगंज, ३१ वैशाख/

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले सोमवारदेखि महानगरका सामुदायिक विद्यालयहरूमा कक्ष्Fाकोठामा मेयर कार्यक्रम शुरू गरेका छन् । सोमवार वीरगंज महानगर–४ स्थित महावीरप्रसाद रघुवीर राम त्रिजुद्ध मावि प्रFविधिक विद्यालयबाट नगरप्रमुख सिंहले यो कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

उनले विद्यालयको कक्ष्Fाकोठामा पुगेर अध्ययनरत विद्यार्थीहरूमा उत्प्रेरणा बढाउने कक्ष्Fा लिएका थिए । नगरप्रमुख सिंहले चालू शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयहरूमा डिजिटल कक्ष्Fा सञ्चालन शुरू भएको र त्यसको उपयोगिता र प्रभावकारिताबारे पनि अवलोकन गरेका थिए ।

नगरप्रमुख सिंहले आजदेखि शुरू गरेको यो अभियान सातामा एकपटक फरक विद्यालयमा गरिने बताइएको छ । कक्ष्Fा १० मा अध्ययनरत विद्यार्थीहरूलाई त्रिजुद्ध माविमा उनले हौसला बढाएको विद्यालयका प्रअ नवीन मिश्रले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्ष्Fा महाशाखा प्रमुख अरविन्दलाल कर्णले पनि विद्यार्थीहरूको हौसला बढाउने कक्षा लिएका थिए ।

सो अवसरमा नगरप्रमुख सिंहले त्रिजुद्ध माविको अनुगमन गर्दै त्यहाँ उपलब्ध साधनस्रोतको अवस्था र प्रयोगबारेमा जानकारी लिएका थिए । सो अवसरमा नगरप्रमुख सिंहले कक्ष्Fा ५ मा अध्ययनरत विद्यार्थीहरूलाई पुस्तक हस्तान्तरण गरेका थिए । महानगरपालिकाले चालू शैक्ष्Fिकसत्रदेखि ३० वटा सामुदायिक विद्यालयमा नेपाली भाषा सिकाइका लागि डिजिटल कक्ष्Fा सञ्चालन शुरू गरेको नगरप्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here