• जसपाल सिंह

श्री गुरु रामदासजी महाराज सिख धर्मका चौथो गुरु हुन् । उनको जन्म वि. सं. २५ आश्विन कार्तिक बदी १५९१, सन् १५३४ मा लाहोरको चुनामण्डीमा भएको थियो । उनको बाल्यकालको नाम ‘भाइ जेठा’ थियो । साधारण परिवारमा जन्मिएर पनि उनले आध्यात्मिक र धार्मिक मार्गमा ठूलो योगदान दिए । सिख धर्मका तेस्रा गुरु श्री अमरदासजी महाराजले आप्mनी छोरी भानीजीको विवाह वि.सं १६१० मा भाई जेठासँग गराएपछि भाइ जेठा अमरदासजी महाराजका उत्तराधिकारी बने र श्री गुरु रामदासजी महाराजको नामले सिख धर्मको चौथो गुरु बने ।

गुरु रामदासजीले सिख धर्मको विकास र विस्तारमा महŒवपूर्ण भूमिका खेले । उनले सिख समुदायलाई एकबद्ध पार्ने, सामाजिक सेवाहरूलाई संस्थागत गर्ने, धार्मिक विश्वासको प्रचार–प्रसारमा उल्लेखनीय काम गरे । उनकै नेतृत्वमा अमृतसर शहरको स्थापना भएको थियो, जुन आज सिख धर्मको मुख्य तीर्थस्थलको रूपमा प्रख्यात छ ।

उनले सिख समुदायलाई सामाजिक भेदभावबाट मुक्ति दिलाउन गुरु नानक देवजी महाराजले शुरू गरेको लंगर (निश्शुल्क भोजन) प्रथको व्यापक प्रवद्र्धन गरे । यस प्रथामा सबै मानिस, कुनै जात, धर्म वा सम्प्रदायका किन नहुन्, एक साथ बसेर भोजन गर्दछन् । लंगर आज पनि सिख धर्मको महŒवपूर्ण अङ्ग हो, जसले मानवीय सेवाको सन्देश दिन्छ ।

गुरु रामदासजी महाराजको प्रमुख योगदान भनेको अमृतसर शहर र तख्त श्री हरमन्दिर साहेब (स्वर्ण मन्दिर) को स्थापना हो । सन् १५७७ मा उनले अमृतसरको स्थापना गरे । यो नाम ‘अमृत सरोवर’ बाट आएको हो, जुन पवित्र जलाशयको रूपमा चिनिन्छ ।

दुनीचन्द अमृतसरका एक धनी व्यापारी थिए, उनका पाँच बैनी छोरी थिए । सुखसयल तथा सम्पन्नताका साथ हुर्काएर पालेका छोरीहरूलाईं एक दिन बोलाएर सोधे–तिमीहरूको पालनकर्ता को हो ? चारजना छोरीले–पिताजी, तपाईं हाम्रो पालनकर्ता एवं रक्षक हो भने । पाँचौं छोरीको नाम रजनी थियो, उनले भनिन्–परमात्मा हाम्रा पालनकर्ता हुन् । यो सुनेर दुनीचन्द क्रोधित भए र आप्mना सबै छोरीहरूको गच्छे अनुसार राम्रो घरानामा विवाह गरिदिए ।

तर सबैको विरोधका बावजूद रिसले उनले रजनीको विवाह एकजना अपाङ्ग कुष्ठ युवकसँग गरिदिए । रजनीले यसलाई भगवानको इच्छा तथा भाग्य ठानेर स्वीकार गरिन् र पतिको सेवा गर्न थालिन् । उनले सुखसयल, सम्भ्रान्त वेशभूषा त्यागेर माग्नेजस्तो रूप बनाएरजीविका चलाउन थालिन् ।

एक दिन रजनी आप्mना पतिलाई टोकरीमा राखेर अमृतसरको सरोवर नजीक गइन् । त्यहाँ रहेको बैरको रूख पनि छ जसलाई ‘दुःख–भंजनी बेर’ भनिन्छ, पतिलाई सरोवरको किनारामा रूखनिर छाडेर गाउँमा खानेकुरा माग्न गइन् । केही समयपश्चात् रजनीका पतिले देखे कि रूखमा बसेका कागहरू एकएक गर्दै सरोवरमा डुबुल्की मार्ने र बाहिर सेतो हाँस बनेर निस्कने गरेको देखे । यस सरोवरमा पक्का केही हुनुपर्छ । अनि सकी नसकी घस्रिंदै सरोवरभित्र पसेर स्नान गरे, तर एउटा बूढी औंला पानी बाहिरै राखे । रजनी फर्केर आउँदा आप्mना पतिको साटो एउटा सबल, स्वस्थ व्यक्तिलाई देखेर सोधखोज गरिन् । पतिले म नै तिम्रो पति हुँ भन्दा पत्याइनन् र असहज भएर यताउता खोज्न थालिन् । पतिले बूढी औंला सरोवरमा चोभलेका थिएनन् त्यसैले त्यसमा रोग बाँकी थियो, त्यो देखाए र पुराना कुरा स्मरण गराए । बल्ल रजनीलाई विश्वास भयो पतिले कागहरूको कुरा सुनाएर आपूm पनि पानीमा पसेको त यो चमत्कारी सरोवर रहेछ । अनि उनले रोगग्रस्त बूढी औंला सरोवरमा डुबाए । औंला पनि रोगमुक्त भयो । रजनीले परमात्मालाई लाखलाख धन्यवाद दिइन् ।

यो देखेरे दुनीचन्दले बुझे कि रजनीको विश्वास र भगवानप्रतिको आस्था साँचो थियो । यस घटनाले दुनीचन्दको जीवनमा ठूलो परिवर्तन ल्यायो र उनलाई धार्मिक आस्था र सेवाको महŒव महसूस गरायो । यो घटना नै अमृतसरको ‘अमृत सरोवर’ को पवित्रताको कथा बन्यो, जहाँ धेरै मानिस आस्था र विश्वास लिएर स्नान गर्न जान्छन् ।

हरमन्दिरसाहेब मन्दिरको निर्माण यसरी गरिएको छ कि यसमा चारैतिरबाट प्रवेश गर्न सकिन्छ, जसले सिख धर्मको खुलापन, सबैको स्वागत र कुनै पनि भेदभाव नगर्ने सिद्धान्तलाई दर्शाउँछ । दरबारसाहेब अमृत सरोवरको बीचमा शोभायमान छ, जसले यसलाई थप पवित्र तथा आकर्षक बनाएको छ ।

तख्त श्री हरमन्दिर साहेबको माथिल्लो भाग तथा पूरा मन्दिर नै शुद्ध सुनले मढिएको छ, जसका कारण यसलाई ‘स्वर्ण मन्दिर’ भनिन्छ । यो सुनौलो गुम्बज यस मन्दिरको मुख्य पहिचान हो । स्वर्ण मन्दिर सिख धर्मको सबैभन्दा पवित्र स्थल मानिन्छ र यहाँ लाखौं तीर्थयात्री हरेक वर्ष दर्शन गर्न आउँछन् ।

तख्त श्री हरमन्दिरसाहेब स्वर्ण मन्दिरको निर्माण मात्र, वास्तुकलामा सीमित छैन, यसको गहिरो धार्मिक महŒव पनि छ । मन्दिरमा गुरुवाणी अर्थात् सिख धर्मका महान् पवित्र ग्रन्थबाट लगातार पाठ तथा शबद किर्तन भइरहन्छ । यसले श्रद्धालुहरूलाई आध्यात्मिकरूपमा प्रेरित गर्ने काम गर्छ । सिख धर्मको यो पवित्र स्थल सिख समुदाय मात्र होइन, सबै धर्म, जात र सम्प्रदायका मानिसहरूको लागि सधैं खुला रहन्छ ।

गुरु रामदासजी महाराजले सामाजिक समरसता र धार्मिक सहिष्णुताको महŒवपूर्ण पाठ दिए । उनले सिख धर्मका पाँच महŒवपूर्ण सिद्धान्तहरूलाई आप्mनो शिक्षामा प्रमुख स्थान दिए ः नाम जपनु (ईश्वरको नामको स्मरण), कीरत गर्नु (इमानदारीसँग परिश्रम), वण्ड छकना ( बाँडेर खाने), सेवा (निस्स्वार्थ सेवा), र लंगर (समानता र समुदाय सेवाको प्रतीक) ।

गुरु रामदासजी महाराजका रचनाहरू श्री गुरु ग्रन्थसाहेबमा सङ्कलित छन् । तिनले शबद (भजन) भक्ति, प्रेम र आध्यात्मिक जागरणको सन्देश दिन्छन् । यी शबदहरूले मानिसहरूलाई जीवनमा सरलता, दयालुता र मानवताको मार्गमा लाग्न प्रेरित गर्छन् ।

गुरु रामदासजी महाराजको शिक्षामा धार्मिक सहिष्णुता विशेषरूपमा जोडिएको छ । उनले धर्मको नाममा कुनै पनि प्रकारको विभेद र हिंसा अस्वीकार गरे । उनका अनुसार सबै मानिस इश्वरका सन्तान हुन् र सबैको सम्मान गर्नु नै साँचो धर्म हो ।

दरबारसाहेब स्वर्ण मन्दिरको ऐतिहासिक महŒव सिख इतिहासमा धेरै घटनाहरूसँग जोडिएको छ । यो मन्दिर सिख गुरुहरूको समयदेखि नै धार्मिक, सांस्कृतिक र राजनीतिक केन्द्रको रूपमा रहेको छ । यहाँ धेरै महŒवपूर्ण घटना भएका छन्, जस्तै ब्रिटिश शासनको समयमा जलियावाला बाग हत्याकाण्डको बेला यस मन्दिरको प्राङ्गणमा शरण लिनेहरूको सुरक्षा र १९८४ मा भारतीय सेनाद्वारा ‘आपरेशन ब्लू स्टार’ का क्रममा भएको हमला ।

दरबारसाहेब स्वर्ण मन्दिर सिख धर्मको धरोहर मात्र नभएर विश्वभरिका मानिसहरूका लागि एकता, समानता र धार्मिक सहिष्णुताको प्रतीक हो । यहाँ आउने श्रद्धालुहरूलाई धार्मिक विश्वासको गहिरो अनुभव प्राप्त हुन्छ र यसले संसारभरिका मानिसलाई प्रेम, दया र मानवताको सन्देश दिन्छ । गुरु रामदास जी महाराजको प्रकाशोत्सवको पवित्र उत्सवमा सबैलाई लाखौंलाख बधाई तथा शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here