महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रयागराज, १९ माघ/एएनआई

७७ देशका नियोग प्रमुख र कूटनीतिज्ञसहित ११८ सदस्यीय प्रतिनिधिमण्डलले शनिवार प्रयागराजमा महाकुम्भको भ्रमण गर्नेछन्।

यस अघि परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा बोल्दै विदेशी कूटनीतिज्ञले फेब्रुअरी १ मा हुने महाकुम्भ मेलाको भ्रमण गर्ने बताएका थिए।

यसैबीच, मौनी अमावश्याका अवसरमा चलिरहेको महाकुम्भमा भएको भागदौडको छानबीन गर्न गठित तीन सदस्यीय न्यायिक आयोगले शुक्रवार प्रयागराजस्थित स्वरूप रानी नेहरू अस्पतालको निरीक्षण गरेको छ।

सङ्गममा बुधवार बिहान भएको दुःखद घटनामा कम्तीमा ३० जनाको मृत्यु र ६० जना घाइते भएका थिए। 

यस सम्बन्धमा जारी सूचनामा आयोगलाई भागदौडको कारण र परिस्थितिबारे अध्ययन गरी भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिने जिम्मा दिइएको छ। आयोग गठन भएको एक महीनाभित्र छानबीन प्रतिवेदन बुझाउनुपर्छ।

उत्तर प्रदेश सूचना विभागका अनुसार महाकुम्भमा २९ करोड ६४ लाखभन्दा बढी भक्तजनले पवित्र सङ्गममा पवित्र स्नान गरेका छन्।

महाकुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ। यो विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट हो। महाकुम्भ वेबसाइटका अनुसार मण्डलीमा मुख्यतया तपस्वी, सन्त, साधु, साध्वी, कल्पवासी र जीवनका सबै क्षेत्रका तीर्थयात्रीहरू सामेल छन्।

महाकुम्भ मेला सन् २०२५ जनवरी १३ देखि २६ फेब्रुअरीसम्म प्रयागराजमा आयोजना हुँदैछ। प्रत्येक १४४ वर्षपछि महाकुम्भ मेला आयोजना गरिन्छ। रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस