प्रस, पर्सागढी, १९ माघ/
पर्सागढी नगरपालिका वडा नं १ कोइलाभारमाई खेलमैदानमा जारी दोस्रो कोइलाभारमाई नकआउट फूटबल प्रतियोगिताको उपाधि बाराको मौवादेवी युवा क्लब, बडर्वाले जितेको छ।
कोइलाभारमाई युवा क्लब, मनवाद्वारा आयोजित शनिवार सम्पन्न फाइनल खेलमा मौवादेवीले पर्साको वनशक्तिमाई युवा क्लब, सिद्धपुरलाई पराजित गरेको थियो। मौवादेवीले शून्यका विरुद्ध तीन गोल अन्तरले वनशक्तिमाईलाई पराजित गरेको हो।
मौवादेवीका जर्र्सी नं १४ का कृपा चौधरीले दुई र जर्र्सी नं ११ का अमित बछारले एक गोल गरी टीमलाई विजयी बनाएका थिए।
आयोजक क्लबका अध्यक्ष मोहनप्रसाद चौधरीको अध्यक्षतामा भएको फाइनल खेल पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विजयी तथा उपविजयी टीमलाई पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा पर्सागढीलाई खेल क्षेत्रमा विकास गर्न आफू लागिपरेको नगरप्रमुख पाठकले बताए। नगरपालिकाले प्राथमिकतामा राखी एक वडा एक खेलमैदान अन्तर्गत नगरपालिकामा छवटा खेलमैदान निर्माण गरिसकिएको र बाँकी वडामा अब आउने आर्थिक वर्षसम्ममा खेलमैदान निर्माण गरिसकिने नगरप्रमुख पाठकले बताए।
विजेता टीम मौवादेवीले रु ४० हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको थिछ।
उपविजयी वनशक्तिमाईलाई रु २० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र आयोजक क्लबका अध्यक्ष मोहनप्रसाद चौधरीले प्रदान गरेका थिए।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ मौवादेवीका जर्र्सी नं १४ का कृपा चौधरी र ‘म्यान अफ द सिरिज’ पनि मौवादेवीका जर्र्सी नं ११ का अमित चौधरी घोषित भए।
उत्कृष्ट गोलरक्षक वनशक्तिमाईका अविनाश महतो भएका थिए।
कार्यक्रमको सहजीकरण रामजनम चौधरीले गरेका थिए।