फूलमाली सङ्घ रौतहटको जिल्ला अधिवेशन सम्पन्न

प्रस, रौतहट, ४ फागुन/ नेपाल फूलमाली सङ्घ रौतहटको शनिवार गरुडामा भएको जिल्ला सम्मेलनले मोहन मालीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिका उपाध्यक्षद्वय रामविश्वास माली र गुड्डी देवी, सचिव प्रदीपभगत माली, सहसचिव लालबाबूभगत माली र कोषाध्यक्षमा उमेशभगत मालीलगायत सदस्यहरू सर्वसम्मत निर्वाचित भएको पारस भण्डारीले बताए । यस अघि उद्घाटन सत्रमा सङ्घका केन्द्रीय […]
अन्तरविद्यालय टी–२० क्रिकेट र जुनियर फूटबल भोलिदेखि हुने

प्रस, वीरगंज, ४ फागुन/ नवौं प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० क्रिकेट र जुनियर फूटबल प्रतियोगिता भोलि फागुन ५ गतेदेखि वीरगंजमा हुने भएको छ । प्याब्सन पर्साले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सरोज चौधरीले भोलिदेखि शुरू हुने नवौं प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० क्रिकेट र जुनियर फूटबल प्रतियोगिता अन्तर्गत जुनियर फूटबल खेल मधेस प्रदेश विपद् […]
उन्नत स्तरको सिलाइकटाइ तालीम सम्पन्न

प्रस, पोखरिया, ४ फागुन/ युएन ओमानको सहयोगमा आसमान नेपालको आयोजनामा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत वीरगंज महानगर–३० लालपर्सामा ३० दिने उन्नत स्तरको सिलाइकटाइ तालीम आइतवार समापन भएको छ । तालीम समापन कार्यक्रममा वडाध्यक्ष मनोज यादवले तालीम सिकेर व्यवसाय बन्न सुझाव दिए । उनले वडाबाट गार्मेन्ट सञ्चालन हुन लागेको र सो गार्मेन्ट उद्योगमा सम्पूर्ण […]
ह्विनको राष्ट्रिय प्रतिनिधि परिषद् भेला

प्रस, वीरगंज, ४ फागुन/ समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्विन)को राष्ट्रिय अधिवेशन प्रतिनिधि परिषद् प्रथम भेला हेटौंडामा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले भेलाको उद्घाटन गर्दै आउटसोर्सको गलत अभ्यासले श्रम बजारमा अराजकता बढ्ने बताए । उनले श्रम अराजकता रोक्न अनुचित श्रम अभ्यास बन्द गर्नुपर्ने बताए । भेलामा साङ्गठनिक प्रतिवेदनसहित […]
२०८१ फागुन ०५ गते सोमवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला
सामुदायिक विद्यालयको उन्नति र शिक्षकको मनोविज्ञान
• अनन्तकुमार लाल दास सामुदायिक विद्यालयको खस्कँदो स्थितिको सम्बन्धमा चर्चा गर्दा सम्पूर्ण दोष त्यहाँ काम गर्ने शिक्षकहरूमाथि थुपार्ने आम प्रवृत्ति भइसकेको छस किनभने यो आप्mनो दोष लुकाउने सबैभन्दा सजिलो तरीका हो । यदि इमानदारीका साथ दोष कसको हो भनेर खोज्ने हो भने शिक्षासँग सम्बन्धित सबैको वास्तविकता खुल्ने डर छ । यस्तो शिक्षक विरोधी वातावरणमा शिक्षकहरूको […]
निमोठ्ने होइन, सुधार गरौं

सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सूचनाको आदानप्रदान, अभिव्यक्ति स्वतन्त्रता, व्यवसाय प्रवद्र्धन तथा विविध गतिविधिहरूमा संलग्न रहन मानिसहरू सामाजिक सञ्जालको प्रयोग गर्छन् । तर यसको दुरुपयोग पनि विश्वव्यापीरूपमा बढिरहेको छ । यसबाट हाम्रो मुलुक पनि अछूतो छैन । सामाजिक सञ्जालको माध्यमबाट समाजमा विकृति तथा अराजकता फैलाउने खतरा बढ्दै गएको छ । अश्लील सामग्री, अपशब्दहरूको प्रयोग, […]