कपडा बैंकलाई कपडा सहयोग

प्रस, वीरगंज, ९ फागुन/
नेपाल–भारत मैत्री रेडियो श्रोता सङ्घ पर्साले शुक्रवार वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । सङ्घका अध्यक्ष हिम्मतबहादुर खड्गी, पूर्वअध्यक्ष विजय पौडेल, उपाध्यक्ष प्रकाश शाक्य, महासचिव शम्भु महतो थारू, सल्लाहकार दिलीपशर्मा बराल, हरेन्द्र महतोले एक ब्याग, एक बोरा, चार पोका कपडा बैंकका अध्यक्ष लालबाबू सिंहलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कपडा बैंकका सदस्यहरू नीलाकुमारी राम, अभिलाष गुप्ता, शोभा देवीलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्