उन्नत स्तरको सिलाइकटाइ तालीम सम्पन्न

प्रस, पोखरिया, ४ फागुन/
युएन ओमानको सहयोगमा आसमान नेपालको आयोजनामा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत वीरगंज महानगर–३० लालपर्सामा ३० दिने उन्नत स्तरको सिलाइकटाइ तालीम आइतवार समापन भएको छ ।

तालीम समापन कार्यक्रममा वडाध्यक्ष मनोज यादवले तालीम सिकेर व्यवसाय बन्न सुझाव दिए । उनले वडाबाट गार्मेन्ट सञ्चालन हुन लागेको र सो गार्मेन्ट उद्योगमा सम्पूर्ण सहभागीलाई जागीर दिने घोषणा गरे । वडाको लगानीमा गार्मेन्ट उद्योगको लागि चाहिने आवश्यक मेशीन खरीद गरेर चाँडै सञ्चालनमा ल्याउने उनले बताए । उनले वडामा रहेको सामुदायिक विद्यालयमा सो उद्योगबाट पोशाक सिलाएर वितरण गर्ने योजना रहेको जानकारी गराए ।

कार्यक्रममा आसमान नेपाल पर्साका धर्मेन्द्र चौरसिया, प्रादेशिक संयोजक किरण यादवले मन्तव्य व्यक्त गरेका थिए । तालीममा ३० जना महिला सहभागी रहेको प्रशिक्षण कोशिला देवीले बताइन् । ३० दिने उन्नत स्तरको तालीमप्राप्त महिलाहरूलाई वडाध्यक्षले रोजगारको वातावरण बनाएर हौसला बढाएको उनले बताइन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्