ह्विनको राष्ट्रिय प्रतिनिधि परिषद् भेला

प्रस, वीरगंज, ४ फागुन/
समग्र उद्योग ट्रेड युनियन नेपाल
(ह्विन)को राष्ट्रिय अधिवेशन प्रतिनिधि परिषद् प्रथम भेला हेटौंडामा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले भेलाको उद्घाटन गर्दै आउटसोर्सको गलत अभ्यासले श्रम बजारमा अराजकता बढ्ने बताए । उनले श्रम अराजकता रोक्न अनुचित श्रम अभ्यास बन्द गर्नुपर्ने बताए ।

भेलामा साङ्गठनिक प्रतिवेदनसहित सङ्गठनको कार्ययोजना ह्विनका अध्यक्ष आनन्द थामीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन उपमहासचिव अर्जुनकुमार चौलागाईंले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिफन्टका संस्थापक अध्यक्ष ललित बस्नेत, महासचिव लक्ष्मण शर्मा, बाग्मती प्रदेश अध्यक्ष रामहरि नेपाल र नेकपा (एमाले) मकवानपुरका उपाध्यक्ष हिदम लामाले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनमा देशभरबाट छनोट भएका १२५ जना प्रतिनिधिलाई पाँच समूहमा विभाजन गरी सुझाव सङ्कलन गरिएको थियो ।

कृष्ण रिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मनोज मगर, धन्यवाद मन्तव्य विजया खड्का र सहजीकरण दीपक आचार्यले गरेका थिए ।

 

 

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्