प्रस, वीरगंज, ९ फागुन/
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज भन्सारले पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा एकजना भारतीय नागरिकलाई एयरगन र गोलीसहित पक्राउ गरेको छ ।
भारत कोलकाता निवासी ३४ वर्षीय मिम्मर हुसेनलाई एयरगन र सोमा प्रयोग हुने ८२ थान गोलीसहित पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले बताए । हुसेनले रक्सौलतर्फबाट एयरगन हातमा बोकेर ल्याइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।