सानो पाइलाले बालिका जिम्मा लगायो

प्रस, वीरगंज, ९ फागुन/
सानो पाइलाले एकजना बालिकालाई परिवारको जिम्मा लगाएको छ ।

बारा जिल्ला प्रहरीले फागुन ३ गते रौतहट निवासी १० वर्षीय बालिकाको उद्धार गरी माइती नेपालको जिम्मा लगाएको थियो । फागुन ४ गते माइती नेपालले सानो पाइलाको सानो घरको आश्रमलाई बालिका जिम्मा दिएको र हिजो सानो पाइलाले बालिकालाई परिवारको जिम्मा लगाएको सानो पाइलका विवेक कर्णले बताए ।

उनले बालिका रौतहट जिल्ला गुजरा नगरपालिकाकी भएको जानकारी भएपछि बालिकाको घरमा पुगेर परिवारलाई जिम्मा लगाएको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्