प्रस, वीरगंज, ९ फागुन/
नवौं प्याब्सन नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार तीनवटा खेल सम्पन्न भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए ।
नारायणी क्रिकेट मैदानमा शुक्रवार भएको पहिलो खेलमा विद्यासागर माविले नवदीप एकेडेमीलाई ९९ रनअन्तरले पराजित ग¥यो । पहिला ब्याटिङ गरेको विद्यासागरले १५ ओभरको खेलमा चार विकेट गुमाएर १५२ रन बनाएको थियो । प्रतिउत्तरमा नवदीप एकेडेमी १०.४ ओभरमा सबै विकेट गुमाएर ५३ रनमा सीमित भयो ।
दोस्रो खेलमा माउन्ट मकालुले सिद्धार्थ माविलाई ३४ रनले पराजित ग¥यो । पहिला ब्याटिङ गरेको माउन्ट मकालुले १५ ओभरमा नौ विकेट गुमाएर १२४ रन बनाएको थियो । प्रतिउत्तरमा सिद्धार्थ माविले १५ ओभरमा नौ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
यसैगरी, आजको क्रिकेटको अन्तिम खेलमा साउथजोनले लिटिल एन्जललाई पाँच विकेट अन्तरले पराजित ग¥यो । पहिला ब्याटिङ गरेको लिटिल एन्जलले १५ ओभरमा छ विकेट गुमाएर १०४ रन बनाएको थियो । प्रतिउत्तरमा साउथजोनले १३.३ ओभरमा पाँच विकेटको नोक्सानीमा १०५ रन बनाएर विजयो भयो ।
यसैगरी, प्याब्सन जुनियर फूटबल प्रतियोगिता अन्तर्गत आज खेल नभएको सचिव सङ्गौलाले जानकारी गराए ।