सन्दीपले दुर्ई विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं, ११ भदौ/रासस
लेग स्पिनर सन्दीप लामिछानेले दुर्ई विकेट लिए पनि उनको टोली जमैका तलाबाज भने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बिहीवार भएको खेलमा पराजित भएको छ। ट्रिनिडाड एन्ड टोबेगामा आफ्नो पाँचौं खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुर्ई विकेट लिएका थिए।
सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ। उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिए। प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतिमा १४८ रन बनायो।
१४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो। आजको खेलमा सन्दीपले पनि ब्याटिङ गरेका थिए। उनले ६ बल खेल्दै ४ रन बनाइ अविजित रहे। जमैकाले हालसम्म खेलेको ५ खेलमध्ये २ मा जीत तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ। जमैका अङ्कतालिकाको पाँचौं स्थानमा छ। सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौं खेल भदौ १४ गते खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here