मरेको कुखुरा गाडेर नष्ट

प्रस, पर्सागढी, ११ भदौ/
    मरेको कुखुरा लगिरहेका एकजनालाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन्।
    पर्सागढी नगरपालिका–८ रमौलीस्थित शिवम् ह्याचरीबाट बुधवार साँझ मरेको कुखुरा लगिरहेका वीरगंज महानगरपालिका–३१ मिलनचोकका शौकत अलिलाई रमौलीका युवाले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, एकटाँगामा बुझाएका थिए। प्रहरीले अलिले ल्याएको मरेको कुखुरा सोही ठाउँमा गाडेर नष्ट गरेको थियो। अलिले मरेको कुखुरा मौरी जातको माछाको आहारको लागि लगेको बताएका थिए।  कोरोना सङ्क्रमणको बेला मरेको कुखुरा लगेर माछाको आहार बनाउनु गलत भएको भन्दै प्रहरीले सोही ठाउँमा गाडेको र अलिलाई अब उप्रान्त यस्तो नगर्न चेतावनी दिएको थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्