गरीब देश हुने हो कि जनता ? यो प्रश्नको उत्तर जति सरल छ, उत्तर त्यतिकै जटिल छ । देश गरीब भएपछि जनता पनि गरीब हुनु स्वाभाविक हो । गरीब देशको जनता पनि गरीब नै हुन्छ । देशमा उपलब्ध स्रोत एवं साधनले जनतालाई धनी बनाउने हो । तर यो धारणा परम्परागत हो । र उपर्युक्त प्रश्नको सरल उत्तर हो ।

आधुनिक वा नवधारणा अनुसार कुनै पनि देश गरीब हुँदैन । हरेक देशसँग कुनै न कुनै किसिमको प्राकृतिक सम्पत्ति हुन्छ नै । संसारमा यस्तो देश बिरलै भेटिएला जहाँ कुनै पनि किसिमको साधन र स्रोत नहोस् ।

सर्वाधिक गरीबी र गरीबहरूको बसोवास भएको महादेश अफ्रिकालाई मान्ने गरिन्छ । अफ्रिकी महादेशका राष्ट्रहरू गरीब छन् । तर अफ्रिकी देशहरू स्रोत र साधनको अभावले गरीब भएका होइन, जनताको व्यवहार, सोच, संस्कार, परम्परा आदिले गर्दा गरीब भएका हुन् । निरन्तरको द्वन्द्व र सङ्घर्षहरूले गर्दा गरीब भएका हुन् । माथिको प्रश्नको यो जटिल उत्तर हो ।

अफ्रिकी राष्ट्रहरू–बोत्सवाना र कङ्गो विश्वका क्रमशः दोस्रो र चौथो सर्वाधिक हीरा भएका राष्ट्र हुन् । संसारभरि सर्वाधिक ठूलो तेल भण्डार दक्षिण अमेरिकी देश भेनेजुएलामा छ । भेनेजुएला दक्षिण अमेरिकाको गरीब राष्ट्रमध्ये पर्दछ । कम्युनिस्ट शासकहरूले यो देशलाई गरीब पार्ने क्रम जारि नै छ ।

विश्वमा सर्वाधिक कच्चा तेल उत्पादन गर्ने पाँच राष्ट्रमा कमशः १ संयुक्त राज्य अमेरिका, २ साउदी अरेबिया, ३ रूस, ४ क्यानाडा र ५ इराक पर्दछन् । विश्वमा ठूलो मात्रामा कच्चा तेल उत्पादन गर्ने राष्ट्रहरूमा साउदी अरेबिया र इराक परे तापनि संयुक्त राज्य अमेरिको तुलनामा साउदी अरेबिया र इराक दुबै गरीब छन् ।

घाना, बुरकिना फासो, तान्जानिया, साउथ अफ्रिका, इजिप्ट, जिम्बाब्वे, माली, ग्युनी, अल्जेरिया अफ्रिकी महादेशका यस्ता राष्ट्र हुन् जहाँ ठूलो परिमाणमा सुन उत्पादन हुन्छ । ठूलो परिमाणमा यी राष्ट्रहरूमा सुन उत्पादन भए तापनि यी राष्ट्रहरू धनी राष्ट्रको श्रेणीमा पर्दैनन् ।

कुनै पनि राष्ट्रलाई गरीब वा धनी बनाउने त्यहाँको जनता नै हो । देशलाई गरीब वा धनी तुल्याउने प्रमुख तŒव जनता नै हो । जनताको क्रियाकलाप सकारात्मक छ भने देश धनी हुन्छ, नकारात्मक हुँदा गरीब हुन्छ । अफगानिस्तानलाई अति गरीब र द्वन्दग्रस्त त्यहाँको जनताले नै बनाएको हो । साधन र स्रोतको अभावमा अफगानिस्तान गरीब भएको होइन ।

संयुक्त राज्य अमेरिका र मेक्सिको दुवै छिमेकी राष्ट्र हुन् । यी दुवै राष्ट्रको साझा आकाश छ । साझा जलवायु छ । साझा मौसम छ । साझा भूमि पनि छ । जनताको सोच र मनोविज्ञान भने साझा छैन ।

संयुक्त राज्य अमेरिका विश्वको सर्वाधिक धनी राष्ट्र हो भने मेक्सिको दोस्रो, तेस्रो वा चौथो धनी राष्ट्र पनि होइन । विश्वका सर्वाधिक ठूला अर्थ व्यवस्थाको सूचीमा मेक्सिकोको स्थान १४ औं रहेको छ । अमेरिका र क्यानाडा जस्ता धनी राष्ट्रहरूको निकट रहेर पनि मेक्सिको यी दुई राष्ट्रहरूको तुलनामा गरीब छ । किन होला ?

क्यानाडा र अमेरिकालाई यी देशका जनताले धनी पारेको हो, स्रोत एवं साधनले होइन । क्यानाडा र अमेरिकाका कतिपय स्थानमा मौसम जहिले पनि प्रतिकूल हुन्छ र मानिसको बासोवाससमेत छैन । कतिपय भूमि बञ्जर छ । त्यहाँ केही पनि उत्पादन गर्न सकिंदैन । तर स्थिति प्रतिकूल भए पनि यी देशहरूले विकास गरेका छन् । धनी देश कहलिएका छन् ।

अमेरिकीहरूले आप्mनो पसिना र परिश्रमद्वारा यो देशलाई धनी बनाएका हुन् । अमेरिकीहरू औसतमा अत्यधिक कार्य गर्ने विश्वका नागरिकमध्ये पर्छन् । काम गर्नुपर्छ र इमानदारीपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्ने अमेरिकीहरू यो विश्वास गर्छन् कि हामीले नै आप्mनो टोल, शहर, राज्य र देशको विकास गर्ने हो । लडाइ–ँझगडा, सङ्घर्षले देशको आर्थिक विकास हुँदैन, बरु मिलेर बसेमा देशको आर्थिक विकास हुन्छ भन्ने कुरा अमेरिकीहरूलाई राम्ररी थाहा छ । यो सोच र समझदारीले गर्दा ५० राज्य भएको संयुक्त राज्य अमेरिकामा राज्य–राज्यर्बच कुनै द्वन्द्व छैन ।

छिमेकी राष्ट्र मेक्सिकोको स्थिति भने विपरीत छ । राष्ट्रको आर्थिक विकासको लागि मेक्सिकनहरू पनि अति परिश्रम गर्छन् तर मेक्सिकोमा अपराध ठूलो मात्रामा हुन्छ । लागू औषध व्यापारका लागि मेक्सिकोलाई ‘स्वर्ण भूमि’ मान्ने गरिन्छ । विश्वका सर्वाधिक ठूला र कुख्यात पाँच लागू औषध कारोबार गर्ने संस्था (म्चगन ऋबचतभकि) हरू मध्ये चार संस्था मेक्किकोमा छ । मेक्सिकको कतिपय स्थानमा लागू औषध कारोबार गर्ने ‘दादा’ हरूले समानान्तर सरकार सञ्चालन गरेका छन् । सिनोला कार्टेल, गल्फ कार्टेल, लस जेटास, जुराज कारटेलजस्ता कुख्यात लागू औषध कारोबार गर्ने संस्था (कारटेल) हरू मेक्सिकोमैं छन् । र यी संस्थाहरूको कारोबार युरोप, अफ्रिका, उत्तर अमरिका, दक्षिण अमेरिका र एशियाभरि फैलिएको छ ।

मेक्सिकोको करीब ३५ प्रतिशत जमीनमा सरकारको होइन, लागू औषध कारोबारीहरूको नियन्त्रण छ । मेक्सिकन सरकारको अति सक्रियता हुँदाहुँदै पनि लागू औषधको कारोबार त्यस देशमा नियन्त्रण हुन सकेको छैन । सोनारा, बाजा कालिफोर्निया, नायारित, जालिस्को, चियापास आदि यस्ता मेक्सिकन राज्य हुन् जहाँ ठूलो मात्रामा लागू औषधका कारोबारीहरू छन् । मेक्सिकोको कुलिएकान शहर त लागू औषध खरीद–बिक्रीका लागि बदनाम नै छ ।

सन् २०१९ को अक्टोबर महीनामा मेक्सिकोको सिनोला राज्यको कुलिएकान भन्ने शहरमा लागू औषधका कारोबारीहरू र मेक्सिको सरकारका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा, अनेक कारणले गर्दा, सरकारी सुरक्षाकर्मी पछडि हट्नुपरेको थियो । सरकारी सुरक्षाकर्मीहरू पराजित हुनु परेको थियो । सरकारले लागू औषध विरुद्ध कार्यवाही बन्द गर्नुपरेको थियो । लागू औषध कारोबारीहरू मेक्सिकोमा त्यतिसम्म बलिया छन् ।

अब नेपालको कुरा गरौं । नेपाल गरीब हुनुका कारणहरू खोजौं । नेपाल जनताको सोच, व्यवहार, संस्कारको कारणले गर्दा गरीब भएको हो । जबसम्म हामी नेपालीहरू आप्mनो व्यवहार, सोच, संस्कारमा परिवर्तन गर्दैनौ तबसम्म हामी निर्धन नै रहिरहने छौं । जबसम्म हामीले धूर्त, बेइमान र भ्रष्ट नेताहरूलाई आप्mनो अमूल्य भोट दिएर चुनावमा विजयी गराइरहन्छौं, उनीहरूलाई शक्ति र सत्तामा पु¥याइरहन्छौ तबसम्म हामी गरीब रहिरहन्छौं ।

कहिले जातीयताको, कहिले क्षेत्रीयताको, कहिले साम्प्रदायिकताको, त कहिले वेशको त कहिले भाषाको कुरा लिएर आउने र हामीबीच विभाजन गरेर हामीमाथि शासन गर्ने, हामीलाई गरीब पार्ने नेताहरूको पछि लाग्न नछाडेसम्म हामी समृद्धिको दिशातर्फ अग्रसर हुन सक्तैनौं ।

निर्वाचित प्रतिनिधिहरूको कार्य देशको लगि आवश्यक नियम–कानून निर्माण गर्नु हो । यसका लागि जनताले उनीहरूलाई निर्वाचित गरेको हो । यो कार्य गरेबापत जनप्रतिनिधिहरूले पारिश्रमिक पाउने गर्छन् । राज्यले उपलब्ध गराएको स्रोत र साधनको भरपूर उपभोग गर्छन् ।
सांसदहरूको कार्य संसद् सञ्चालन गर्नु हो । गृहमन्त्री रवि लामिछाने प्रकरण अगाडि सारेर सांसदहरूले, मुख्यगरी नेपाली काङ्ग्रेसका सांसदहरूले संसद् अवरुद्ध पारेका छन् । संसद सञ्चालन गर्न दिएका छैनन् । यो कस्तो राजनीतिक संस्कृति हो ? यो समस्याको समाधान खोज्ने कस्तो तरीका हो ? एकजना मन्त्रीको कार्यको विरोधमा संसद् नै अवरोध गर्ने ? देशको कार्य नै अवरुद्ध पार्ने ? नेपाली काङ्ग्रेसको दलगत फाइदाको लागि संसद् नै चल्ने नदिने ?

रवि लामिछानेले यदि कुनै कसूर गरेका छन् भने त्यस कसूर उपर छानबीन गर्ने प्रशासन छ । यदि कसूर गरेको ठहर भएमा लामिछानेलाई सो अपराध गरेबापत सजाय दिने अदालत छ । नेपाली काङ्ग्रेसलाई लामिछानेको कार्यप्रति शङ्का छ, उनले सहकारी–ठगी गरेका छन् भन्ने नेपाली काङ्ग्रेसलाई लागेको छ भने लामिछाने उपर काङ्ग्रेसले मुद्दा हाले हुँदैन ? अदालत गए हुँदैन ? संसद् नै अवरुद्ध गर्नुपर्छ ?

देशको लागि आवश्यक नियम कानून निर्माण गर्ने संसद् कुनै पनि बहानामा अवरुद्ध हुनुहुँदैन । देशको आर्थिक विकासका लागि मार्ग निर्माण गर्ने संसद् निर्वाध सञ्चालन हुनुपर्छ । सांसदहरूलाई केही कार्य नै नगरी केवल होहल्ला गर्न जनताले निवार्चित गरेर संसद्मा पठएको होइन । संसद्भित्र होहल्ला गर्न राज्यले अनेक सुविधा र तलब भत्ता दिएको होइन ।

हो, यस्तैयस्तै कारणले गर्दा हामी नेपालीहरू गरीब भएका हौं । आवश्यक कार्य नगर्ने, अनावश्यक कार्य खोजीखोजी गर्ने हाम्रो प्रवृत्तिले गर्दा नै हामी गरीब भएका हौं । हामी, आप्mनो विकास विरोधी सोच र व्यवहारहरूले गर्दा गरीब भएका हौं ।

जनताले बेइमान र भ्रष्ट नेताहरू निर्वाचित गरेर पठाउने र त्यस्ता नेताहरूले देशको होइन, केवल आप्mनो विकास गर्ने र यसरी स्वार्थी नेताहरूबाट देशको आर्थिक विकास नहुने अनि हामी सदा गरीब हुने । यो गोल–चक्करबाट हामी बाहिर नआएसम्म नेपालको आर्थिक विकास सम्भव छैन । नेपाल र नेपालीको आर्थिक विकास गर्न माथि भनिएको त्यो गोलचक्कर अर्थात् कुचक्र तोड्नैपर्छ । हामीले इमानदार नेता मात्र निर्चाचित गर्नुपर्छ ।

संस्करणमा देखिएका राजेन्द्र महतो र यस्तै प्रवृत्तिका अन्य नेताहरूको पछि लागेसम्म हामी गरीबीको त्यो कुचक्रबाट कहिले बाहिर आउन सक्तैनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here