कर्मचारीहरू समयमा कार्यालय आउँदैनन्

नरेश यादव, पर्सागढी, ३ जेठ/

सखुवाप्रसौनी गाउँपालिकामा कर्मचारीहरू समयमा कार्यालय नआउँदा सेवाग्राहीहरूले दुःख भोग्नुपरेको छ।

कार्यालय सहयोगी समयमा आएर सम्पूर्ण कार्यालय खोले पनि अधिकांश शाखा प्रमुख तथा कर्मचारी ११ बजेपछि मात्र कार्यालय आउने गरेका स्थानीय सेवाग्राहीले गुनासो गरेका छन्। जनमत पार्टीका नेता जयभोले यादव र अनिल शर्माले यसबारेमा गापा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पटकपटक  गुनासो गरे पनि बेवास्ता गरिएको बताए।

यसबारेमा प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद रौनियारले कर्मचारीहरू फिल्डमा खटेकाले कार्यालय आउन ढिला भएको बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्