सांसदको घरअगाडिबाट मोटरसाइकल चोरी

प्रस, वीरगंज, ३ जेठ/

वीरगंज महानगरपालिका–११ नयाँबस्तीस्थित सांसद राजकुमार गुप्ताको घरअगाडिबाट बिहीवार दिउँसो मोटरसाइकल चोरी भएको छ।

सर्लाही जिल्लाको लक्ष्मीपुर निवासी सञ्जीव कुमार आज मोटरसाइकलबाट ससुराली घर आएका र सांसद गुप्ताको गेटअगाडि पार्किङ गरेर राखेको पल्सर मोटरसाइकल चोरी भएको बताइएको छ। चोरले मास्क लगाएर आएको र

मोटरसाइकलको लक खोली विनाहेलमेट चलाएर गएको सांसद गुप्ताको घरमा जडित सिसिटिभी फुटेजबाट देखिएको छ। चोरी ारेमा प्रहरीलाई खबर गरेको पीडितले बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्