एमाले सर्लाही अध्यक्षमा पुनः साह

बरहथवा (सर्लाही), ३ जेठ/रासस

नेकपा (एमाले)को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित भएका छ। एमालेको नवौं जिल्ला अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेल, सचिव डिल्लीप्रसाद अधिकारी, उपसचिव

(खुला)मा बलराम एस्माली मगर र उपसचिव (महिला)मा विभा नेपाल निर्वाचित भएका छन्।

यस्तै, लेखा समिति अध्यक्ष रमेशप्रसाद चौलागाईं, सचिव रेणुका पौडेल र खुला सदस्यमा खेमबहादुर भण्डारी निर्वाचित भएका निर्वाचन समितिले जनाएको हो। कुल ६१०  प्रतिनिधिमध्ये ५७४ जना बुधवार मतदानमा सहभागी भएका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्