अहिले बजारमा ड्रैगन फ्रूट पाइरहेको छ । यसको रङ्गको कारण यसलाई ड्रैगन फ्रूट भनिएको हो । यसले शरीरबाट थुप्रै विकार हटाउनुका साथै शरीर स्वस्थ बनाउँछ । ड्रैगन फ्रूटमा प्रोटीन, फाइबर, वसा, कार्बोहाइडे«ट, खनिज, क्याल्शियम, आयरन, म्याग्निशियम, सोडियम, फोलिक एसिड, भिटामिन ई, सी आदि पाइन्छन् । यो फल सबै रोगको लागि रामबाण मानिएको छ । यसले शरीरको प्रतिरोधक क्षमता बढाउनुका साथै अनुहार चाउरिएको, चायापोतो, कपाल झर्ने, घामले पोलेको छाला आदिमा निकै लाभ पु-याउँछ । फाइबरले भरिपूर्ण भएकोले यसले पेट सफा गर्नुका साथै कोलेस्ट्रोल कम गर्छ । ड्रैगन फ्रूटले ब्लड सुगर नियन्त्रित राख्नुको साथै हृदयघातको खतरालाई कम गर्छ । कपाल राम्रFे बनाउँछ ।

ड्रैगन फ्रूट अमिलो हुन्छ, त्यस कारण गठियाको दुखाइ कम गर्नुको साथै दाँत र हाडलाई मजबूत बनाउँछ । डेङ्गुको उपचारमा यो फल निकै फाइदाजनक हुन्छ । यस फलले क्यान्सरबाट पनि बचाउनुका साथै शरीरमा हिमोग्लोबिनको कमी पूरा गर्छ । वजन घटाउनको लागि ड्रैगन फ्रूट निकै फाइदाजनक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here