युवा समाज र ब्रह्मबाबा क्लब विजयी

प्रस, सेढवा, ६ जेठ/

दोस्रो जीराभवानी मेयरकप फूटबल प्रतियोगिताको दोस्रो दिन आइतवार भएको पहिलो खेलमा युवा समाज पकडीटोलले जीत हासिल गरेको छ। न्यू सनलाइट युवा स्पोट्र्स क्लब, सुपौलीद्वारा आयोजित प्रतियोगितामा पकडीटोलले भगौली बाबा क्लब, शङ्करसरैयालाई एक गोलका विरुद्ध तीन गोलअन्तरले पराजित गरेको हो। यस खेलमा पकडीटोलका जर्सी नं २९ का सूर्य चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए।

दोस्रो खेलमा ब्रह्मबाबा क्लब, सहजानपुरले सुगीभार युवा क्लब, सखुवनियालाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित ग–यो। यस खेलमा सहजानपुरका जर्सी नं १३ का रोशन गुरो ‘म्यान अफ दी म्याच’ घोषित भए।

भोलि सोमवार पहिलो खेल युवा प्रगति समाज, सेढवा र न्यू सनलाइट युवा स्पोट्र्स क्लब, सुपौली र दोस्रो खेल टनकनाथ बाबा क्लब, पिपरा भवानीपुर र रामजानकी युवा स्पोट्र्स क्लब, हरैयाबीच हुने आयोजकले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्