हामी जीवनमा अगाडि बढ्दै जाँदा हाम्रो शरीरमा विभिन्न परिवर्तनहरू हुन्छन् र यो हाम्रो उमेर अनुसार हाम्रो जीवनशैली समायोजन गर्न महत्वपूर्ण हुन्छ। उमेर बढ्दै जाँदा मुटुको स्वास्थ्य सही राख्नुपर्छ अन्यथा मुटुको स्वास्थ्यमा प्रतिकूल असर पर्छ। अपोलो अस्पताल, दिल्लीका वरिष्ठ कार्डियोलोजिस्ट डा. वनिता अरोराले यस खतराबाट बच्न महत्वपूर्ण टिप्स दिएकी छन् जसलाई तपाईंले आप्mनो दैनिक जीवनमा पालना गरेर मुटुको स्वास्थ्य बढ्दो उमेरसँगै सही राख्न सक्नुहुन्छ।
शारीरिकरूपले सक्रिय हुनुहोस् : नियमित व्यायाम मुटुको स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ तर कसरत थकान र बोरिङ हुनुहुँदैन। परम्परागत व्यायामको सट्टा आफ्नो कोठा वरिपरि हिंड्ने वा रूखहरू रोप्नेजस्ता अभ्यास गर्नुपर्छ। नयाँ व्यायाम खोज्नुहोस् जसले तपाईंलाई आनन्द दिन्छ र तपाईंलाई सक्रिय राखिरहन्छ।
स्वस्थ खाना खानुहोस्: पौष्टिक आहार मुटुको स्वास्थ्यको लागि आवश्यक हुन्छ, तर यसको मतलब यो होइन कि तपाईंले आप्mनो मनपर्ने खानेकुरा त्याग्नुपर्छ। रचनात्मकरूपमा यस्ता व्यञ्जन पकाउन सक्नुहुन्छ जुन हृदयको लागि राम्रो होस्। बिहानको खानामा उसिनेको हरियो तरकारी, तिल र सूर्यमुखीको बीउसँगै खाना बनाउनुहोस्।
मन खोलेर हाँस्नुस्: मन खोलेर हाँस्नु उत्तम औषधि हो र यो तपाईंको मुटुको स्वास्थ्य कायम राख्ने एउटा राम्रो तरीका पनि हो। हाँस्दा तनाव कम हुन्छ, रगतको प्रवाहमा सुधार हुन्छ र मुड सुधार्छ।
मानिसहरूसँग सम्पर्कमा रहनुहोस्: हृदय स्वास्थ्यको लागि सामाजिक सम्बन्ध बनाउनुपर्छ। साथीहरू र परिवारसँग सम्पर्कमा रहने प्रयास गर्नुपर्छ। प्रियजनहरूसँग बाहिर घुम्न जाने, तिनीहरूसँग रमाइलो खेलहरू खेल्ने, रमाइलो साँझ बिताउनेसँगै पिकनिक खेल्नुपर्छ। अर्थपूर्ण सम्बन्ध निर्माण गर्दा तपाईंको ह्दय स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।
निद्रालाई प्राथमिकता: राम्रो निद्रा मुटुको स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ, त्यसैले तपाईंले हरेक रात पर्याप्त आराम गनुपर्छ। सुत्नुअघि आराम गनुपर्छ। गहिरो निद्राको लागि किताब पढ्ने, तातो पानीले नुहाउने वा सुखदायक सङ्गीत सुन्ने प्रयास गर्नुपर्छ।
हाइड्रेटेड रहने: मुटुको स्वास्थ्यको लागि उचित हाइड्रेशन जरूरी हुन्छ। तपाईंले दिनभर पर्याप्त पानी पिउनुभएको छ भनी सुनिश्चित गर्नुपर्छ। रसिलो फलपूmल र तरकारी पनि उपभोग गर्न सकिन्छ। हाइड्रेशन कायम राख्न पानीको बोतल साथमा राख्नुपर्छ।