जीराभवानीमा आयुर्वेद योग शिविर

प्रस, सेढवा, ६ जेठ/

जीराभवानी गाउँपालिकामा आइतवार निश्शुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर सम्पन्न भएको

छ।

स्वास्थ्य निर्देशनालय मधेस प्रदेशको आयोजनामा वडा नं ३ मा रहेको विवाह भवनमा सो शिविर सम्पन्न भएको थियो। गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीको सभापतित्व तथा प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरीको प्रमुख आतिथ्यमा सो शिविर सम्पन्न भएको थियो। योग शिविरमा स्थानीय ५० जना नागरिकलाई प्रशिक्षण दिइएको डा रामबाबू साहले बताए। शिविरमा वैद्य निरीक्ष्Fक दिनेश साहले प्रशिक्षण दिएका थिए।

त्यस्तै, शिविरमा विभिन्न रोगको चेकजाँच तथा आयुर्वेदिक औषधि निश्शुल्क वितरण गरिएको थियो। शिविरमा कमलपित्त, बाथरोग, उदररोग, छातीरोग, स्त्रीरोग, छालारोग, मूत्ररोग, पत्थरी, मधुमेहलगायतका रोगको उपचारका लागि आयुर्वेदिक औषधि वितरण गरिएको थियो। शिविरमा डा नन्दकिशोरप्रसाद कुशवाहा, डा शिवनारायणप्रसाद गुप्ता, डा पुनीता केशरी, डा नवीन रौनियार, डा रामबाबू साहले बिरामीहरूलाई चेकजाँच गरेका थिए।

त्यस्तै, स्वास्थ्य निर्देशनालयले सो वडामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना पनि गरेको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्