• विश्वराज अधिकारी

हालै सम्पन्न चुनावको चर्चा परिचर्चा निकै भयो । अब आर्थिक विकासका केही महŒवपूर्ण पक्षबारे चर्चा गरौं । राष्ट्रको आर्थिक विकास कसरी गर्न सकिन्छ त्यसबारे चर्चा गरौं ।

केही यस्ता कार्य छन् जुन हेर्दा सामान्य जस्ता देखिन्छन् तर समाज र राष्ट्रको आर्थिक विकासमा महŒवपूर्ण भूमिका खेलेका हुन्छन् । त्यस्तै हेर्दा सामान्य देखिने तर महŒवपूर्ण, नगर र गाउँको क्षमता अनुरूप विविधीकरण हो । गाउँ र नगरको विविधीकरण गर्ने कार्य हेर्दा सामान्य देखिन्छ, तर यो कार्यले कुनै पनि देशको आर्थिक विकासमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । विकसित एवं धनी राष्ट्रहरूमा राष्ट्रको समग्र आर्थिक विकास गर्न एवं राष्ट्रिय आय– वितरणलाई सन्तुलित पार्न गाउँ एवं शहरहरूको आर्थिक विविधीकरण गरिएको हुन्छ ।

आर्थिकरूपले गाउँ र नगरलाई विविध पारेर गाउँ र नगरको स्थानीय साधन र स्रोतको अधिकतम उपयोग गर्न सकिन्छ । गाउँ र नगरहरूलाई आर्थिक रूपमा समृद्ध पार्न सकिन्छ । गाउँ र नगरको क्षमताको उपयोग गर्न सकिन्छ । र यस्तो गरेर देशलाई धनी पार्न सकिन्छ ।

गाउँ र नगरको आर्थिक विविधीकरण भनेको के हो ? गाउँ र नगरलाई आर्थिक रूपमा फरक पार्नु भनेको गाउँ र नगरमा उपलब्ध आफ्नै स्रोत र साधनको उपलब्धता अनुसार पूर्वाधार विकास गर्नु हो । कुनै गाउँ वा नगरलाई व्यापारिक केन्द्र, त कुनैलाई औद्योगिक केन्द्रको रूपमा विकास गर्नु हो । कुनैलाई पर्यटकीय, त कुनैलाई सञ्चार केन्द्रको रूपमा विकास गर्नु हो । कुनैलाई शैक्षिक, त कुनैलाई स्वास्थ्य केन्द्रको रूपमा विकास गर्नु हो । अर्थात् स्थानीयस्तरमा उपलब्ध स्रोत एवं साधनलाई आधार मानेर गाउँ र नगरहरूको वर्गीकरण गर्नु हो । तिनको क्षमता पहिचान गरेर अधिकतम उपयोग गर्नु हो । वा त्यहाँ रहेका सम्भावनाहरूको खोजी गर्नु हो ।

हाम्रा गाउँ र नगरको स्थापना त्यहाँ उपलब्ध स्रोत र साधनको आधारमा गरिएको छैन । परापूर्वकालदेखि चलिआएको परम्परा अनुसार गाउँको स्थापना भएको छ । शहरहरूको स्थापना एवं विकास पनि परम्परागत किसिमले भएको छ ।

दक्षिण एशियामा उहिले–उहिले जमीनको उपयोग गर्ने कार्य जमीनदारहरूले गर्दथे । अर्थात् खेती कार्य जमीनदारहरूबाट हुन्थ्यो । उनीहरूले, तत्कालीन व्यवस्था अनुसार राजाबाट कुनै निश्चित क्षेत्रको जमीनको उपयोग गर्ने अनुमति प्राप्त गर्दथे । राजाबाट अनुमति प्राप्त भएपछि जमीनदारहरूले जमीनको उपयोग गर्दथे । र जमीन उपयोग गरेबापत राजालाई ‘कर’ भुक्तान गर्दथे । यसरी राजाबाट अनुमति प्राप्त गरेर जमीन उपयोग गर्ने व्यक्ति (व्यवसायी) हरू जमीनदार कहलिए । जमीनदारहरूले जमीन उपयोग गर्न  प्राप्त गरेको क्षेत्र जमीनदारी कहलियो । जमीनदारले जमीन उपयोग गर्न प्राप्त गरेको क्षेत्रभित्र अनेक गाउँ हुन्थे । ती जमीनदारहरू कालान्तरमा धनी भए । पूँजीपति भए । पूँजीको वृद्धिसँगै उनीहरूले प्रयोग गर्ने जमीन (जमिन्दारी) को आकार पनि बढ्दै गयो ।

जमीनदारहरूले प्राप्त गरेको क्षेत्रमा खेती कार्य गर्न उनीहरूलाई श्रमिकहरूको आवश्यकता प¥यो । जुनजुन क्षेत्रमा श्रमिक आवश्यक भयो, त्यहाँ–त्यहाँ जमीनदारहरूले श्रमिकहरूको आपूर्ति गरे । श्रमिकहरू आपूर्ति भएको वा श्रमिकहरूको बसोवास भएको क्षेत्रले पछि गाउँको रूप लियो । परम्परागतरूपमा यस किसिमले गाउँको स्थापना हुँदै गयो ।

विकासको क्रमसँगै जुन गाउँमा सडकहरूको निर्माण भयो, ऊर्जाको स्रोत (बिजुली) को विकास भयो, व्यापार व्यवसायहरू सञ्चालन भए, त्यो गाउँले शहरको रूप लियो । यसरी दक्षिण एशिया वा नेपालमा शहरहरूको स्थापना र विस्तार भयो । आजका शहरहरू हिजोका गाउँ नै हुन् ।

नेपालको कुनै पनि क्षेत्रमा गाउँ वा नगरको स्थापना योजनाबद्ध किसिमले गरिएको छैन । पञ्चायतकालमा केही क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने प्रयास भने गरिएको थियो । त्यसै प्रयासको फलस्वरूप हेटौंडा औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, बालाजु औद्योगिक क्षेत्र, बुटवल औद्योगिक क्षेत्र, पोखरा औद्योगिक क्षेत्र आदिको स्थापना भयो । यसरी विभिन्न ठाउँमा औद्योगिक क्षेत्र स्थापना गरिए तापनि उद्योगको स्थापना कुनै खास क्षेत्रको क्षमता उपयोग गर्ने किसिमबाट नभएर केवल देशका विभिन्न क्षेत्रहरूमा औद्योगिक विकास गर्नु थियो । तर पनि त्यो प्रयासलाई सकारात्मक नै मान्नुपर्छ ।

अब भने गाउँ एवं नगरको आर्थिक विकास गर्न गाउँ एवं नगरहरूलाई त्यहाँ उपलब्ध स्रोत एवं साधन अनुसार वर्गीकरण गर्नुपर्छ । उदाहरणका लागि जनकपुरलाई धार्मिक पर्यटकीय शहरको वर्गीकरणमा राखेर जनकपुरको विकास  धार्मिक पर्यटकीय शहरको रूपमा गर्नुपर्छ । जनकपुरमा ठूलो सङ्ख्यामा पर्यटकहरू ओहरदोहर गर्न सक्ने किसिमका यातायातका साधनहरूको विस्तार गर्नुका साथै ठूलो सङ्ख्यामा पर्यटकहरूलाई वास प्रदान गर्न अनेक होटल एवं लज स्थापना गर्न जोड दिनुपर्छ । यसैगरी जनकपुरमा अनेक धार्मिक स्थलहरू थप निर्माण गर्नुपर्छ । बेलाबेलामा त्यहाँ अनेक धार्मिक, सांस्कृतिक सभा, सम्मेलनजस्ता कार्यहरू गरेर ठूलो सङ्ख्यामा पर्यटकहरू जनकपुर आउने अवस्था सृजना गर्नुपर्छ ।

यसैगरी वीरगंजलाई व्यापारिक शहरको रूपमा विस्तार गर्नुपर्छ । वीरगंजमा कुनै पनि किसिमको व्यापारको स्थापना एवं सञ्चालन गर्न स्थानीय सरकारले सहज पारिदिनुपर्छ । नेपालको कुनै पनि क्षेत्रबाट वीरगंज आएर कुनै पनि किसिमको व्यापार सञ्चालन गर्न स्थानीय सरकारले उद्यमीहरूलाई प्रोत्साहित गर्नुपर्छ ।

धरानलाई ‘मेडी सिटी’ बनाउन सकिने अनेक सम्भावनाहरू छन् । देशभरिका मानिस धरान आएर उपचार गर्न सक्ने र त्यहाँ आएर उपचार गर्दा उपचार खर्च कम लाग्ने अवस्था सृजना गर्न सकिन्छ । धरानमा निजी एवं सरकारीस्तरमा ठूल्ठूला अस्पताल निर्माण गरेर, अनेक औषधी उत्पादन गर्ने धेरै कारखाना स्थापना गरेर, उपचार उपकरण उत्पादन गर्ने अनेक–अनेक कारखाना स्थापना गरेर धरानलाई मेडी सिटी बनाउन सकिन्छ । धरानको जलवायुले रोगीहरूलाई रोगबाट छिटै मुक्ति पाउन सहयोग पनि गर्न सक्छ । धरानमा विदेशबाट पनि बिरामीहरू उपचारका लागि आउन सक्छन् । धरानामा उपचार सस्तो भएमा धनी देशका गरीब नागरिक उपचार गराउन आउन सक्छन् ।

हेटौंडाको विस्तार एक सबल औद्योगिक क्षेत्रको रूपमा गर्न सकिन्छ । हेटौंडामा पहिलेदेखि नै एउटा निश्चित क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा छुट्याइएको पनि छ ।

कुनै गाउँ वा शहरमा खास किसिमको सेवा उपलब्ध हुने किसिमबाट पनि त्यसको विस्तार गर्न सकिन्छ । उदाहरणका लागि, विमानस्थल नजीक भएको कारणले, सिमरालाई अनेक किसिमका सभा, सम्मेलन गर्ने शहरको रूपमा विकसित गर्न सकिन्छ । यसैगरी कुनै गाउँ, जस्तै सिम्रौनगढलाई एक विश्वविद्यालय शहरको रूपमा सङ्गठित गर्न सकिन्छ । अर्थात् हाम्रो देशको कुनै एक गाउँ वा शहरमा के कस्ता स्रोत एवं साधनहरू उपलब्ध छन् तिनको अधिकतम उपयोग हुने किसिमबाट त्यो गाउँ वा शहरलाई सङ्गठित गर्न सकिन्छस विस्तार गर्न सकिन्छ ।

कुनै गाउँ वा शहरमा दश किसिमका उद्योग, व्यापार, सेवा–व्यवसाय सञ्चालन गरेर त्यो गाउँ वा शहरको आर्थिक विकास हुन कठिन हुन्छ । कुनै पनि गाउँ वा शहर कुनै खास एक क्षेत्रमा केन्द्रित हुन आवश्यक छ । अहिलेको युग सामान्यीकरणको युग होइन । अहिलेको युग विशिष्टीकरण (क्उभअष्बष्शिबतष्यल) को युग हो । अत्यधिक लाभ प्राप्त गर्न कुनै एक क्षेत्रमा केन्द्रित हुनुपर्छ । अर्थात् सबै गाउँले सबै किसिमका तरकारी उत्पादन गर्नुको सट्टा कुनै एउटा गाउँले केवल कुनै एक तरकारी, जस्तै कोभी उत्पादनमा विशिष्टता हासिल गरेर ठूलो परिमाणमा कोभी उत्पादन गर्ने प्रयास गर्नुपर्छ भने कुनै अर्को गाउँले आलु उत्पादनमा विशिष्टता हासिल गरेर ठूलो परिमाणमा आलु उत्पादन गर्ने प्रयास गर्नुपर्छ ।

कुनै एक वस्तु वा कुनै एक किसिमको तरकारी उत्पादनमा विशिष्टता हासिल गरेमा त्यससँग सम्बन्धित अनेक ज्ञान हासिल गर्न सकिन्छ । आवश्यक पर्ने विशेष किसिमको जनशक्ति उत्पदन गर्न सकिन्छ ।

गाउँ एवं शहरले उपलब्ध स्थानीय स्रोत एवं साधनको उपयोग गर्न सक्ने वातावरण तयार गर्न स्थानीय सरकारहरूले महŒवपूर्ण भूमिका खेल्न सक्छन् । कुनै एक गाउँ वा शहरलाई कस्तो गाउँ वा शहर (जस्तै व्यापारिक, औद्योगिक, शैक्षिक) को रूपमा विकास गर्ने त्यसबारे निर्णय लिन र त्यो निर्णय कार्यान्वयन गर्न पनि स्थानीय सरकारहरूले महŒवपूर्ण भूमिका खेल्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here