प्रस, वीरगंज, २८ फागुन/
औद्योगिक नगरी वीरगंजमा पर्सा चेम्बर अफ कमर्स गठन भएको छ।
बिहीवार साँझ वीरगंजमा सम्पन्न उद्योगी–व्यवसायीको भेलाले मनोज अर्यालको संयोजकत्वमा पर्सा चेम्बर अफ कमर्सको गठन गरेको हो। उद्योगी– व्यवसायीको हकहितको लागि पेशागत वकालत गर्ने उद्देश्यले पर्सा चेम्बर अफ कमर्स गठन भएको केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। उनले वीरगंजमा कार्यालय सञ्चालन गरी व्यवसायीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जाहेर गरे। २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स नेपाल उद्योग वाणिज्य महासङ्घभन्दा पुरानो संस्था भएको उनले दाबी गरे। च्याम्बर अफ कमर्सले आगामी दिनमा संस्थाको नाम अझ माथि उकास्ने गरी सबैलाई समेटेर काम गर्ने उनले बताए। नेपालको ७७ जिल्लामध्ये नेपाल चेम्बर अफ कमर्स ६५ जिल्लामा स्थापना भइसकेको बताउँदै उनले वीरगंजका उद्योगी–व्यवसायीलाई चेम्बरमा आबद्ध हुन अपील गरे।
हिजो भएको भेलाले अध्यक्षमा अर्याल र सदस्यहरूमा मुकेश अग्रवाल, विशाल कर्णानी, सञ्जय माडु, प्रकाश बाहेती, ओमप्रकाश चाचान, मुकेश सरावगीलाई सर्वसम्मत चयन गरेको थियो। सो अवसरमा अध्यक्ष र सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले चेम्बरको लोगोसहितको पिन हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here