सामुदायिक विद्यालयलाई ल्यापटप दिने तयारी

0

प्रमोद यादव, पंचगावाँ, २८ फागुन/
पटेर्वासुगौली गाउँपालिका शिक्षा शाखाले गापामा रहेका २४ वटै सामुदायिक विद्यालयमा ल्यापटप दिंदैछ। शिक्षा शाखा प्रमुख शम्भु साहले गापामा रहेका निमावि र प्रावि तहका २४ वटै सामुदायिक विद्यालयमा ल्यापटप दिने तयारी अन्तिम चरणमा पुगेको बताए। उनले सम्भवतः यसै महीनाको अन्त्यसम्म सामुदायिक विद्यालयलाई ल्यापटप दिने बताए।
शिक्षा विभागले यसअघि सो गापाको मावि र दश जोड दुई अध्ययन हुने विद्यालयमा कम्प्युटर वितरण गरेको थियो।
विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या अद्यावधिक राख्ने र उनीहरूको शैक्षिक उपलब्धिलगायतका गतिविधिलाई अद्यावधिक पार्नका लागि ल्यापटप प्रदान गरिन लागेको शिक्षा प्रमुख साहले बताए। विद्यालयमा दिने ल्यापटपबाट बालविकास र कक्षा १ मा अध्ययनरत बालबालिकाहरूलाई प्रोजेक्टरबाट अध्यापन गराउन सहयोगी हुने र बाँकी समयमा विद्यालयको गतिविधि अद्यावधिक पार्ने बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here