सामुदायिक विद्यालयको उन्नति र शिक्षकको मनोविज्ञान

– अनन्तकुमार लाल दास सामुदायिक विद्यालयको खस्कँदो स्थितिको सम्बन्धमा चर्चा गर्दा सम्पूर्ण दोष त्यहाँ काम गर्ने शिक्षकहरूमाथि थुपार्ने आम प्रवृत्ति भइसकेको छस किनभने यो आफ्नो दोष लुकाउने सबैभन्दा सजिलो तरीका हो। यदि इमानदारीका साथ दोष कसको हो भनेर खोज्ने हो भने शिक्षासँग सम्बन्धित सबैको वास्तविकता खुल्ने डर छ। यस्तो शिक्षक विरोधी वातावरणमा शिक्षकहरूको मनोविज्ञान, उनीहरूको […]
एसइई परीक्षापूर्वको तयारी

अनन्तकुमार लाल दास उड्नुपूर्व निहुरिने बेला ज्ञान हाम्रो बढी नजीक हुन्छ भन्ने विलियम वड्र्सवर्थको भनाइ यतिखेर एसइईका तयारीमा जुटेका विद्यार्थीहरूमाथि लागू हुन्छ। विद्यार्थीहरूका लागि परीक्षा कोठा एउटा रणभूमिजस्तै हुन्छ जहाँ विद्यार्थीहरू आफ्नो पूर्ण तयारीका साथ ओर्लन्छन्। परीक्षा कोठामा प्रवेश गर्नुपूर्व विद्यार्थीहरू आआफ्नो हतियार अर्थात् विषयगत पाठ्यक्रमको पूर्ण तयारी क्षमता र समयानुसार गर्दै मानसिक दृढतामा ध्यान […]
निर्धनता समृद्धिका लागि खतरा हो

अनन्तकुमार लाल दास अरस्तूले भनेका छन्–“निर्धनता क्रान्ति र अपराधको जननी हो”। प्रविधि, व्यापार र सञ्चारद्वारा आकार प्राप्त गरेको विश्वलाई के भनिएको छ भने “कुनै पनि देशमा निर्धनता हरेक ठाउँको लागि खतरा पैदा गर्दछ।” यो कुरा निकै महत्वपूर्ण छ। निर्धनतालाई प्रायः स्थानीय चुनौतीको रूपमा हेरिन्छ तर यसको प्रभाव भौगोलिक सीमासँग जोडिएको छैन, जसले वैश्विक स्तरमा अर्थ […]
साक्षरताको बदलिंदो परिभाषा

– अनन्तकुमार लाल दास कुनै समय साक्षरतालाई साहित्य र सिकाइसँग जोडेर हेर्ने गरिन्थ्यो। त्यस समयको बुझाइमा साक्षर भन्नाले ‘टु बी फेमिलियर विद् लिटरेचर’ वा ‘वेल एजुकेटेड’ भन्ने लाग्थ्यो। १९ औं शताब्दीको अन्त्यतिर साक्षरतालाई अक्षर पढ्ने र लेख्ने क्षमतासँग सम्बन्धित गरिएको पाइन्छ। त्यस समयमा साक्षरतालाई कुनै खास विधा वा विषयको ज्ञानसँग सम्बन्धित गराइन्थ्यो। साक्षर हुनु भनेको […]
बालिका शिक्षा : बाधा र सम्भावना

♦अनन्तकुमार लाल दास पछिल्लो एक दशकमा शहरी क्षेत्रको शिक्षामा केटीहरूको पहुँचमा बढोत्तरी भएको छ तर पनि केटाहरूको अनुपातमा सङ्ख्या निकै कम छ । ग्रामीण भेगको शिक्षामा शहरको तुलनामा केटीहरूको सङ्ख्या निकै कम देखिएको छ । उच्च र मध्यम समाजमा केटीहरूको स्वतन्त्रतामा परिवर्तन देखा परेको छ तर व्यवहारमा आज पनि उनीहरूसँग घरको कैदीजस्तै व्यवहार गरिन्छ । […]
शिक्षक आफैं पढ्दैनन्, विद्यार्थीलाई के पढाऊन् ?

♦अनन्तकुमार लाल दास शिक्षक र आमाबुवा यदि विद्यार्थीहरूको शैक्षिक विकासमा रुचि राख्छन् भने उनीहरूलाई नियमित केही न केही पढ्नुपर्छ । जो पढ्दैन उसले के पढाउँछ भन्ने साधारण कुरा यदि शिक्षक र आमाबुवाले आत्मसात् गर्छन् भने उनीहरूले शिक्षा सँगसँगै समाजको पनि मुक्ति गर्न सक्छन् । यो मुक्ति कसरी हुन्छ भन्ने कुरामा चिन्तन–मनन गर्दा के स्पष्ट हुन्छ […]
पौष्टिक खाजा र खानाले विद्यार्थीको क्षमता वृद्धि

– अनन्तकुमार लाल दास विद्यार्थीहरूको लागि पौष्टिक खाजा र खाना धेरै आवश्यक हुन्छ तर यस तर्फको ज्ञानको कमीले गर्दा उनीहरू पौष्टिक खाजा र खाना खाइरहेका हुँदैनन्। पढाइको बोझ र त्यसबाट उत्पन्न हुने तनावले गर्दा पनि उनीहरूको ध्यान खाजा र खाना तर्फ बढी हुँदैन। अभिभावकमा पनि यस सम्बन्धी ज्ञानको कमीले यसमा बढी ध्यान दिएको पाइँदैन। शरीरलाई […]
विद्यार्थी जीवनमा परिश्रमको महत्व

-अनन्तकुमार लाल दास कमिला एउटा यस्तो प्राणी हो जसको जीवन परिश्रमले भरिएको हुन्छ। उसमा ठूलो पर्वतलाई पनि सरलतापूर्वक नाघ्ने क्षमता हुन्छ। शायद नै कोही होला जसले कमिलालाई सुतिरहेको वा आराम गरिरहेको देखेको होला। कमिलाको श्रमले मानिसलाई लज्जित हुन बाध्य तुल्याएको छ। कमिला आकारमा स्यानो भए तापनि अनवरत श्रमरत रहन्छ। ऊ जीवनको जटिलतालाई श्रममार्फत बडो सजिलो […]
समाजमा मीडियाको भूमिका

-अनन्तकुमार लाल दास लोकतान्त्रिक देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको क्रियाकलाप माथि नियन्त्रण राख्नको लागि मीडियालाई ‘चौथो स्तम्भ’को रूपमा परिभाषित गरिएको छ। १८ औं शताब्दीपछि खासगरी अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सिसी क्रान्तिको बेला आम जनतासम्म पुग्न र उनीहरूलाई जागरूक बनाउने काममा मीडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास छ। मीडियाले यदि सकारात्मक भूमिका निर्वाह गर्छ भने कुनै […]
के आउँदो हजार वर्षसम्म मानिस बाँच्न सक्छ ?
-अनन्तकुमार लाल दास ब्रह्माण्ड रहस्य एवं जटिल संरचनाले भरिएको छ। विज्ञान यस्ता रहस्य खोज्न निरन्तर प्रयत्नशील रहेको छ। जबसम्म रहस्योद्घाटन हुँदैन, तबसम्म यो एउटा परिकल्पना मात्र हो। जुन दिन यो उजागर हुन्छ त्यस दिन यो वास्तविकतामा परिणत हुन्छ। यसरी के भन्न सकिन्छ भने परिकल्पना र वास्तविकताबीच बढी अन्तर छैन किनभने हेर्दाहेर्दै परिकल्पना वास्तविकतामा परिणत भइरहेको […]