-अनन्तकुमार लाल दास

कमिला एउटा यस्तो प्राणी हो जसको जीवन परिश्रमले भरिएको हुन्छ। उसमा ठूलो पर्वतलाई पनि सरलतापूर्वक नाघ्ने क्षमता हुन्छ। शायद नै कोही होला जसले कमिलालाई सुतिरहेको वा आराम गरिरहेको देखेको होला। कमिलाको श्रमले मानिसलाई लज्जित हुन बाध्य तुल्याएको छ। कमिला आकारमा स्यानो भए तापनि अनवरत श्रमरत रहन्छ। ऊ जीवनको जटिलतालाई श्रममार्फत बडो सजिलो तवरले समाधान गर्न सिपालु हुन्छ। यदि कमिलाले यसो गर्न सक्छ भने के मानिसले आप्mनो समस्याको समाधान श्रममार्फत गर्न सक्दैन ? यदि मानिसले चाहे ठूल्ठूला पर्वत भत्काएर सडक बनाउन सक्छ, ठूला नदीहरूलाई बाँधेर पुल बनाउन सक्छ, काँडाले भरिएको बाटोलाई सुगम बनाउन सक्छ। यसबाट के निष्कर्ष निस्किन्छ भने यस्तो कुनै कार्य छैन जो श्रमसाध्य नहोस्। नेपोलियनको शब्दकोषमा ‘असम्भव’ शब्द नै थिएन। यस कारण के भनिन्छ भने “देखकर बाधा विविध, बहु विघ्न घबराते नहीं, रह भरोसे भाग्य के, दुःख भोग पछताते नहीं, काम कितना ही कठिन हो किन्तु उकताते नहीं, भीड में चञ्चल बने जो धीर दिखलाते नहींं।” कर्मवीर, दृढप्रतिज्ञ मानिसहरूका लागि कुनै कुरो असम्भव छैन।

परिश्रमी मानिस सधैं आप्mनो लक्ष्यप्रति जागरुक र अग्रसर भइरहन्छ। प्राकृतिक अवरोधले पनि उसको मार्गमा बिघ्न हाल्न सक्दैन। फल प्राप्त गर्न श्रम गरिरहेको मानिसले नै सफलता प्राप्त गर्दछ। वर्षभरि परिश्रम गर्ने विद्यार्थीले नै ‘विशिष्ट श्रेणी’ हासिल गर्न सक्छ। साधारण र न्यून आर्थिक अवस्थाका मानिस पनि श्रममार्फत उद्योगपति बनेका धेरै उदाहरण छ। श्रमबेगर अगाडि राखिएको प्लेटबाट खाना हाम्रो मुखमा आफैं प्रवेश गर्दैन। मुखमा प्रवेश गरेपछि दाँत र जिभ्रोको श्रमबाट नै त्यो खाना पेटमा जान्छ। भर्तृहरिले भनेका छन्–“उद्योगिनं पुरुषसिंहमुपैति लक्ष्मीः देवेन दयमिति कापुरुषाः वदन्ति। देवं निहत्य कुरूपौरूषमात्मशक्त्या, यले कृते यदि न सिद्धयति कोक्त्र दोषः।। यस श्लोकमा के भनिएको छ भने परिश्रम गर्ने मानिसलाई नै लक्ष्मीको प्राप्ति हुन्छ। ‘ईश्वरले दिन्छन्’ भन्ने भरोसा कायर मानिसमा मात्र हुन्छ। त्यसैले मानिसले यथाशक्ति परिश्रम गर्नुपर्छ। कोशिश गरेपछि पनि सफलता प्राप्त हुँदैन भने यसमा के कमी भयो भन्ने विचार गर्नुपर्छ।

जीवनमा सफलताका लागि परिश्रम अति आवश्यक हुन्छ। अल्छी र परिश्रम नगर्ने मानिस जीवनको कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्दैन। मानिस त्यो हो वा त्यस मानिसको जीवन सार्थक हुन्छ जसले आप्mनो, आप्mनो जाति, आफ्नो देशको विकास गर्छ। गतिको अर्को नाम जीवन हो। जुन मानिसको जीवनमा गति छैन त्यो मानिस अगाडि बढ्न सक्दैन र एक दिन आपूm जन्मेको ठाउँमै सुखेर खस्छ। यस्ता मानिस त्यस्तो तलाउ हुन् जसमा न पानी कतैबाट प्रवेश गर्छ, न कतैबाट बगेर जान्छ। यात्री पनि त्यस्ता दुर्गन्धयुक्त पानी खान रुचाउँदैनन्। मानव जीवन सङ्घर्षका लागि हो। सङ्घर्षपछि प्राप्त सफलता स्थायी हुन्छ। गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन्–“माम् अनुस्सर युद्धय च” अर्थात् मेरो स्मरण गर र संसारमा सङ्घर्ष गर, सफलता अवश्य प्राप्त हुन्छ। यदि सिंह आप्mनो गुफामा सुतेर बस्छ र खाना आफैं आएर मुखमा प्रवेश गर्छ भन्ने कल्पना गर्छ भने यो सम्भव छैन।

यस कारण भनिएको छ–“उद्यमेन ही सिध्यन्ति कार्याणि न मनोरथैः, नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः” अर्थात् जसरी सुतिरहेको सिंहको मुखमा हरिण आफैं प्रवेश गर्दैन त्यसैगरी कठोर परिश्रम गरेर नै कुनै काममा सफलता हासिल हुन्छ।  भन्नुको अर्थ के हो भने जसले आप्mनो जीवनमा जति परिश्रम गर्दछ त्यसले त्यतिकै सफलता हासिल गर्छ। ईश्वरको इच्छा र भाग्यको भरोसा बस्नु कायर मानिसको लक्षण हो। यस कारण दूधमा जति चीनी मिसाइन्छ दूध त्यतिकै गुलियो हुन्छ। जीवनमा जसले जति परिश्रम गर्छ त्यतिकै सफलता पनि हासिल गर्छ। ईश्वरले पनि त्यसलाई नै मदत गर्छन् जसले आप्mनो काम आफैं गर्छ। अङ्गे्रजीमा एउटा उखान छ– “न्यम जभउिक तजयकभ धजय जभउि तजझकभखिभक।”

परिश्रम गरेर मानिसलाई आत्मिक शान्ति प्राप्त हुन्छ। उसको सङ्कल्प दृढ हुन्छ। व्यक्तिगत जीवनमा उसले चाहेको सबै कुरा प्राप्त गर्छ। जीवनमा उन्नति गर्नका लागि वर्तमानमा मानिसहरू राम्रो नराम्रो सबै गर्न थालेका छन् तर समृद्धिको शिखर त्यसैलाई प्राप्त हुन्छ जसले परिश्रमलाई सफलताको साँचो बनाउँछ। वर्तमानमा नेपालको जस्तो दशा छ त्यसको एकमात्र कारण यहाँका मानिसले परिश्रम गर्न नरुचाउनु हो। यदि यस्तै स्थिति रहयो भने हामीले प्राप्त गरेको स्वतन्त्रता पनि गुम्न बेर लाग्दैन। आज राष्ट्रलाई कठिन परिश्रम गर्ने जनशक्तिको खाँचो छ।

जीवनमा वास्तविक सुख र शान्ति श्रमले नै प्राप्त हुन्छ। परिश्रमबाट फल प्राप्त भएपछि मानिसले आपूmमाथि गर्व गर्छ। परिश्रम गर्ने मानिसलाई कहिले पनि कुनै कुराको अभाव हुँदैन। उसलाई कसैको अगाडि हात पसार्नुपर्दैन। उसलाई के विश्वास हुन्छ भने ऊ जे चाहन्छ त्यो श्रम गरेर प्राप्त गर्न सक्छ।  यस कारण श्रम गर्ने मानिस आत्मनिर्भर हुन्छ।

परिश्रम गरेर मानिसको हृदय पवित्र हुन्छ। यस कारण ऊ लोभी पनि हुँदैन। परिश्रम गर्ने मानिससँग गलत कुरा सोच्ने समय पनि हुँदैन। एउटा अर्को अङ्ग्रेजी उखान छ–“ब्ल झउतथ mष्लम ष्क ब मभखष्ुिक धयचपकजयउ” अर्थात् खाली दिमाग शैतानको कार्यशाला हो। जहाँ व्यस्तता छ त्यहाँ अनैतिक कार्यको लागि ठाउँ नै हुँदैन। जसरी ईश्वरको आराधना गरेर अन्तःकरण शुद्ध हुन्छ, त्यसैगरी परिश्रम गरेर मानिसको अन्तःकरण शुद्ध रहन्छ, किनभने उसको मन आप्mनो लक्ष्यतिर उन्मुख हुन्छ।

परिश्रम गरेर मानिसलाई यश र धन दुवैको प्राप्ति हुन्छ। आप्mनो व्यापार दश रुपियाँबाट शुरू गरेर कठोर श्रमले गर्दा केही वर्षमा नै लखपति बनेका यस्ता कैयन उदाहरण छन्। परिश्रमी व्यक्तिले जीवित रहँदा र मरेर जाँदा पनि यशको प्राप्ति गर्छ। जीवित छँदा समाजमा उसले मान प्राप्त गर्छ र मरेर जाँदा उसको कीर्ति समाजमा गाइन्छ। उसले छोडेर गएको आदर्शमा हिंडेर भावी सन्ततिले पनि सफलता प्राप्त गर्छ। महापुरुषहरू यसका उदाहरण हुन्।

एउटF उखान छ– ‘स्वास्थ्य नै धन हो’ तर यो स्वास्थ्य परिश्रमबाट नै प्राप्त हुन्छ। जो मानिस दिनरात परिश्रम गर्छ ऊ कहिले पनि बिरामी पर्दैन। यसविपरीत जो परिश्रम गर्दैन, ऊ सधैं बिरामी भइरहन्छ। जो काम गर्दैन, उसको हात र खुट्टा शक्तिहीन हुन्छ। यस्ता मानिस अल्छी र क्रोधी स्वभावका हुन्छन्। महापुरुषहरूले जीवनमा परिश्रमको महत्व बुझेको हुनाले नै सफल भएका हुन्। उनीहरूलाई के थाहा थियो भने परिश्रमबाट भौतिक सुखको साथसाथै आध्यात्मिक सुख पनि प्राप्त हुन्छ। श्री कृष्णलाई गाई चराउने के नै आवश्यकता थियो र ? कबीर लुगा बुन्ने, रैदास जुत्ता सिउने, जोन अफ आर्क भेंडा चराउने, खलीफा उमर खैयाम चटाई बुन्ने काम गर्दथे। रैमजे मैकडोनल्ड एउटा निर्धन श्रमिकबाट इङ्गल्यान्डको प्रधानमन्त्री बने, भारतका मदनमोहन मालवीय एउटा साधारण परिवारमा जन्मेर आप्mनो अथक परिश्रमले काशी हिन्दू विश्वविद्यालय जस्तो अभूतपूर्व संस्थाको निर्माण गरे।

माध्यमिक शिक्षा परीक्षा २०८० को परीक्षाफलले के देखाएको छ भने यहाँका ६४ प्रतिशत विद्यार्थीहरूमा हरेक विषयमा ३५ प्रतिशत अङ्क हासिल गर्ने क्षमता छैन। पर्सा जिल्लामा ६४ प्रतिशत फेल हुँदा पनि ३४ प्रतिशत पास भएकोमा हामी खुशी मनाइरहेका छौं र के भनिराखेका छौं कि ग्रेड वृद्धि परीक्षामा त पास भइहाल्छन् नि १ विडम्बना के छ भने कोही पनि ६४ प्रतिशतको जिम्मेवारी लिन तयार छैन। एकले अर्कालाई दोषारोपण गरिरहेका छन्। यसबाट के प्रस्ट हुन्छ भने हामीले विद्यार्थीलाई परिश्रमी बन्ने प्रेरणा दिएनौं। गलत तरीकाबाट कसरी पास गरिन्छ भन्ने मात्र सिकायौं। शैक्षिक नीति पनि त्यस्तै बनायौं। फलस्वरूप आज यो परिणाम पायौं।

यदि हामी आप्mनो देश, आफ्नो जाति वा स्वयं आप्mनो उन्नति चाहन्छौं भने हामीलाई परिश्रमी बन्नैपर्छ। आज हाम्रो देश नेपालमा परिश्रम प्रायः समाप्त हुँदै गइरहेको छ। सबै पाकेको खाना खान चाहन्छन्, पकाउन भने कोही तत्पर देखिंदैन। यदि हामी यस्तै स्थितिमा बसी रह्यौं भने त्यो दिन टाढा छैन जब हामी आफ्नो सर्वस्व गुमाउने छौं। पाश्चात्य सभ्यता र विकसित मुलुकले हामीलाई दास बनाउँदै गइरहेको छ। अरूको नक्कल गर्नुलाई नै हामीले आफ्नो वीरता ठान्न थालेका छौं। दिन प्रतिदिन हाम्रो हात र खुट्टालाई मेशीनको माध्यमले पङ्गु बनाउने काम गरिरहेको छ। हाम्रो सीप लोपोन्मुख अवस्थामा छ। परिणामस्वरूप देशमा बेराजगार फैलिरहेको छ। यस्तो लाग्दछ हामी आफ्नो लागि हैन, अरूका लागि शिक्षित भइरहेका छौं। हाम्रो कल्याण तबमात्र सम्भव हुन्छ जब हामी आलस्य त्यागेर आफ्नो काम, आफ्नो व्यवसाय, आफ्नो कृषि आदि सबै कार्य आप्mनो हातले गर्न थाल्छौं किनभने परिश्रम नै जीवन र आलस्य मरण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here