• नवराज रिजाल

केही क्षण उभिएर सुन्यौं, आफ्नै ताल, सुर र पारामा पोखिंदै थियो माग्ने बूढो, “हा १ हा ११ हा १११ म जँड्याहा, सिल्ली, हावा खुस्केको र वाहियात अरू सबै राम्रा ।” विगत केही वर्षदेखि शहरका विभिन्न भागमा प्रायः देखिने गर्छ ऊ । वतन, नाम, थर र घरको बारेमा अनभिज्ञ छौं । तर समयसमयका उसका भावभङ्गिमाले हामी लोभिन्छौं, सुन्छौं र मनभित्र जिज्ञासाका बिरुवा उमार्छौं ।

आज पनि शिरदेखि पाउसम्म मानवनिष्ठा लेपन गरेको देखिन्छ । आश्चर्यचकित मानिसहरू उसलाई घेरेर उभिएका छन् । हामी अर्थात् म र सुनील पनि आडमा छौं । बोलिरहेछ ऊ– “बाँच्न चाहन्छु तर किन…?” कोही पनि…, आफैंलाई विश्वास गर्न सकिरहेका छैनन् । मलाई माटो पनि…, आफैंलाई विश्वास गर्न सकिरहेका छैनन् । मलाई माटो चाहिन्छ, अस्तित्व चाहिन्छ, स्वाभिमान चाहिन्छ र चाहिन्छ स्वतन्त्र परिवेश । तर… खै कहाँ गए उनीहरू म भौंतारिंदै छु ।” एक सुरमा बोलिरहेछ ऊ ।

“ए मान्छे हो, नछेक, खै कहाँ गयो त्यो । पक्कै पनि हो उसलाई बलियाले खोसे, केही निर्धाहरू पनि उनीहरूको पक्षमा लागे र केही मौन समर्थन जनाइरहेका छन् । म पागल, बहुला, मगज सड्केको हा, हा, हा ।”

ऊ यस्तै भनिरहेको छ । जाने र आउनेहरूको भीड उस्तै छ । कोही सुन्छन्, कोही सुन्दैनन्, तर हामी भने… ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here