हिन्दूहरूको घर आँगनबाट भर्खरै महान् भनिएको दशैं पर्व बिदा भएको छ । पर्वते समाजमा एउटा उखान छ – ूआयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई ।
यो उखान यतिकै प्रचलनमा आएको होइन । वास्तवमा प्रत्येक चाडबाडमा नेपालीहरूले थप ऋणको भार बोक्ने गर्दछन् । चाडबाड आउनुपूर्व नेपाली बजारमा कृत्रिम अभाव सृजना भई आवश्यक सामग्रीहरूको भाउमा अचानक वृद्धि हुन्छ । यो क्रम चाडबाड सकिएपछि फेरि एकचोटी दोहोरिन्छ । आखिर यस्तो किन हुन्छ ? किन हाम्रा चाडपर्वहरू महँगीको पर्यायवाची बनेका ? के साँच्चीकै हाम्रा चाडपर्वभित्र मौलिकता हराउँदै गएको र विकृतिहरू हटाउनै नसक्नेगरी थुप्रिंदै गएका हुन् त ?
१. व्यवसायीकरण :
चाडपर्वको महीनाहरूलाई छोडिदिने हो भने बाह्रै महीना व्यापार बिजनेसमा लागेका व्यापारीहरूले भन्ने गरेको एउटा कुरा हामी सबैले सुनेको दशकौं भइसक्यो । त्यो के हो भने व्यापारधन्दा चौपट भयो । घरभाडा तिर्न पनि धौधौ भयो । व्यवसायमा खटेका कर्मचारीलाई तलब समेत खुवाउन सकिंदैन । कसरी उभो लाग्ने हो ? कहिलेबाट लाग्ने हो ? भोलिभोलि भन्दा दशकौं बित्यो तर आजसम्म सुधारको लक्षण देखिएन । यस प्रकारको संवाद हामी सबैले शहर बजारमा सुन्दै आएका छौं । हाम्रो लागि यो नौलो कुरा रहेन । तर जब चाडबाड आउँछ अनि व्यापारीहरूको अनुहारमा एक खालको चमक पैदा हुन्छ । यही बेला हो जति लुट्न सकिन्छ जनतालाई लुट । दाम बढाएर लुट, मिसावट गरेर लुट, कम तौलेर लुट, म्याद सकिएको सामग्री बिक्री गरेर लुट । लुट १ लुट ११ लुट १११ जसरी सक्छौ सबैलाई छ छुट, यही बेला हो मचाऊ लुट १ आखिर यस्तो मनोविज्ञान किन बन्दै आयो त ?
बीसौं वर्षदेखि चाडपर्वहरू व्यापारको ठूलो साधन बनेका छन् । तीज, दशैं, दीपावलीजस्ता चाडहरूको मूल मर्मभन्दा पनि बजारमा हुने कारोबार, महँगो कपडा, गहना र महँगा उपहारको चर्चा बढी हुन्छ । यसले चाडपर्वको आध्यात्मिक र सांस्कृतिक पक्षलाई ओझेलमा पार्दै माटो र व्यावहारिकताको स्थानमा प्रदर्शनको संस्कृति स्थापित गरिरहेको छ । यतिबेलै धार्मिक कथावाचकहरू आउँछन् । होम–यज्ञ गर्न आइपुग्छन् र करोडौं लुटेर लैजान्छन् । कुनै बेला धर्म सेवा भनिन्थ्यो । तर यति बेला सबै धर्म व्यापारमा सीमित हुन पुगेको छ । यो सबैले सजिलै अनुभूति गरिरहेका छन् ।
२. आधुनिक जीवनशैली :
यति बेला २१औं शताब्दीको युग हो । ज्ञान र प्रविधिको युगमा यति बेलाको समाज अन्धविश्वासमुक्त हुनुपर्ने हो । मानववादी र प्रकृतिमैत्री समाज हुनुपर्ने हो । तर यसको ठीक उल्टो दिशामा हाम्रो समाजलाई अगाडि बढाउन यथास्थितिवादीहरू लागिपरेका छन् । जसले गर्दा अझै पनि समाजमा अन्धविश्वास र रुढिवाद जरा गाडेर बसेको छ । मानिसहरूलाई सबै कुरामा देखावा गर्नुपरेको छ । आवश्यकताभन्दा पनि उपभोक्तावादी चिन्तन हाबी छ । आवश्यकतै नभए पनि नयाँ डिजाइन, न्यू भर्जन र नयाँ फेसनकै लागि अनावश्यक चीजहरू किन्नुपरेको छ । यसले एकातिर सामाजिक, आर्थिक तथा सांस्कृतिकरूपमा निकै ठूलो विकृति ल्याइरहेको छ भने अर्काेतिर उपभोक्तावादी चिन्तन ठूलो सामाजिक समस्याको रूपमा उभिएको छ । भन्नलाई आधुनिक भन्ने तर अन्धविश्वासबाट रक्तिभर नतर्किने आधुनिक जीवनशैली र उपभोगवादी सोचले गर्दा मानिसहरू चाडपर्वलाई सामाजिक प्रतिष्ठा देखाउने माध्यमको रूपमा उपयोग गर्न थालेका छन् । यसले परम्परागत रीतिरिवाज र सांस्कृतिक मूल्यहरू कमजोर पारेको छ, जसले चाडपर्वलाई कृत्रिम र औपचारिक मात्र बनाएको छ । साँच्चीकै नढाँटिकन भन्ने हो भने अब त चाडपर्व आउन थालेपछि व्यापारीहरूको अनुहार चम्किलो भए पनि चाडपर्व मनाउनेहरूको अनुहार मलिनो हुन थाल्छ । यही आजको वास्तविकता हो ।
३. सामाजिक मिडिया र देखावट :
विज्ञान र प्रविधिमा यति बेला सर्वसाधारणको राम्रो पहुँच भएको देखिन्छ । यो विकासको दृष्टिकोणले सकारात्मक कुरा हो । तर विज्ञान र प्रविधिलाई सर्वसाधारणले सदुपयोग गर्नुभन्दा धेरैजसो दुरुपयोग गरेको देखिन्छ । बाटोमा एक्सिडेन्ट भएर मान्छे मर्न लागेको छ तिनलाई अस्पताल लग्नु भन्दा तिमीसँग सेल्फी खिच्ने वा तिनको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने हतार भइराखेको संस्कृति बढी मौलाएको देखिन्छ । सामाजिक मिडियाको यो सरासर दुरुपयोग हो । यस्तो हुनु दुःखद हो ।
वास्तवमा फेसबूक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालहरूले चाडपर्वलाई झनै बाहिरी देखावटमा सीमित बनाएको छ । मानिसहरू यस्ता प्लेटफर्महरूमा आप्mनो जीवनशैली प्रदर्शन गर्नलाई बढी प्राथमिकता दिन थालेका छन्, जसले गर्दा चाडको भावनात्मक र सांस्कृतिक पक्ष ओझेलमा परेको छ ।
४. संस्कृति र परम्परा बिर्सेको पुस्ताः
चाडपर्वहरूमा धेरैजसो सामाजिक सञ्जालको प्रयोगले गर्दा चाडपर्वको मूल मर्म एकातिर तथा देखावा र तडकभडक अर्काेतिर हुन गएको देखिन्छ । पहिले पहिले गाउँँमा चाडपर्वमा मानिसहरू एक आपसमा भेटघाट गर्ने गर्थे । तर यति बेला सबै मोबाइलमैं व्यस्त रहन्छन्, कसैलाई भेटघाट गर्ने फुर्सद नै छैन वा भेटघाट गरि नै हाले पनि, औपचारिकताको लागि मात्र ।
युवापुस्ता धेरैजसो पश्चिमी संस्कृतिको प्रभावमा परेर आप्mनै संस्कार र परम्पराप्रति असमझदारीको भावना राख्छ । यसले गर्दा उनीहरू चाडपर्वको वास्तविक मर्म अनुभव गर्न असमर्थ छन् र चाडपर्वहरू सामान्य रमाइलोमा सीमित बन्ने खतरा छ ।
५. अत्यधिक खर्च र ऋणको संस्कारः
पूँजीवादी व्यवस्थाले नक्कल गर्ने प्रवृत्तिलाई ह्वात्तै बढाएको हुनाले कोही कोहीभन्दा कम प्रस्तुत हुन तयार देखिंदैन । प्रत्येक चाडबाडमा एकले अर्काेलाई प्रतिस्पर्धी ठान्दै ऊभन्दा आपूm राम्रो देखाउन ऋणै गरेर भए पनि खर्चिलो चाडपर्व मनाएको देखिन्छ । यस्तोमा चाडपर्वमा अनावश्यक खर्च गर्ने प्रवृत्तिले परिवारहरूलाई ऋणमा डुबाउने गरेको छ । आर्थिक अस्थिरताले चाडपर्वमा नैतिकता र अनुशासनको कमी ल्याएको छ । यसले गर्दा चाडको महŒव झनै विकृत बन्दै गएको छ ।
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने चाडपर्व अगाडि वा पछाडि बजारमा किन वस्तुहरू गायब हुन्छन् वा त्यसको मूल्य किन बढेर आउँछ ?
१. मागमा वृद्धि:
चाडपर्वका बेला विशेषगरी उपभोग्य वस्तुहरू, जस्तै–खाद्यान्न, लत्ताकपडा, उपहार सामग्री, मिठाइ तथा अन्य सामानको माग अत्यधिक बढ्छ । बजारमा वस्तुको माग बढ्दा उत्पादन र आपूर्तिबीच असन्तुलन हुन जान्छ, जसले मूल्यवृद्धि निम्त्याउँछ ।
२. आपूर्तिमा बाधाः
चाडपर्वको समय ओसारपसार र वितरण प्रणालीमा बढी चाप पर्छ । बढ्दो मागसँगै सामान आपूर्ति गर्न कठिनाइ हुने गर्छ, जसका कारण बजारमा वस्तुहरूको कमी हुन्छ र मूल्य बढ्छ । यातायातमा ढिलाइ, प्राकृतिक कारण, वा त्यस्तो समयको व्यवस्थापनमा चुनौतीहरूले पनि महँगीमा योगदान पु¥याउँछ ।
३. व्यापारीहरूको मुनाफा कमाउने प्रवृत्ति:
चाडपर्वको अवसरलाई व्यवसायीहरूले मुनाफा बढाउन प्रयोग गर्छन् । उच्च माग भएको समयमा सामानको मूल्य बढाएर व्यापार गर्न खोज्छन् । यस्तो बेला उपभोक्ताहरूले पनि किनमेल गर्न अनिवार्य ठान्ने हुँदा उनीहरू बढी मूल्य तिर्न तयार हुन्छन् ।
४. मौसमी उत्पादन र आपूर्ति:
केही खाद्य वस्तु वा अन्य सामग्री मौसम अनुसार मात्र पाइने हुँदा चाडपर्वको समय ती वस्तुहरूको उपलब्धता सीमित हुन जान्छ, जसले गर्दा मूल्यवृद्धि हुन्छ ।
५. बजारको अस्थिरता:
चाडपर्वपछि, बजारमा केही समयको लागि सामानहरू बिक्री नभएको अवस्थामा आपूर्ति र मागमा असन्तुलन आउँछ । आपूर्तिमा कमी आउँदा अथवा डिमान्ड बढ्दा, व्यापारिक गतिविधिहरू अनियमित हुन्छ, जसले मूल्यमा उतार–चढाव ल्याउँछ ।
६. अस्थिर राजनीति:
सरकारले स्थायित्व प्राप्त नगर्दा एउटै कार्यकालमा पटकपटक सरकार बदलिराख्दा बजारको अनुगमन प्रभावित हुन जान्छ । यसले गर्दा बजारमा उपभोक्ता ठगिने र व्यापारी मोटाउने प्रक्रिया तीव्र हुन पुग्छ । राजनीतिक स्थायित्व नहुनु पनि एउटा विकृति नै हो । व्यापारीहरूसँग राजनीतिक दलका नेताहरूले मोटो चन्दा लिने गरेकाले व्यापारीहरूको उपभोक्ता ठग्ने कामलाई कडाइका साथ सरकारले नियमन गर्न सक्दैन ।
हामीले मनाउने चाडपर्वहरूको पुनर्मूल्याङ्कन हुनुपर्ने बेला भइसकेको छ । यी चाडपर्वहरूमा हुने गरेको अन्धविश्वास तथा रुढिवादिताका पक्षहरूलाई हटाउन आवश्यक छ । जस्तो कि अनावश्यक पूजापाठको नाउँमा अन्नको नाश र वातावरणीय प्रदूषणबाट जोगाउने उपाय निकाल्नुपर्छ । त्यसैगरी बलिको नाउँमा अबोध पशुहरूको विकृत किसिमले गरिने बध (हत्या ) रोकिनुपर्छ । सबै प्रकारका पशुबलि अब रोकिन जरुरी छ ।
यसरी हाम्रा चाडपर्वहरू उत्साह, मनोरञ्जन र सामाजिक मिलन संस्कृतिको अपेक्षा निराशा, चिन्ता तथा विकृतिले भरिएको सामूहिक भीडजस्तो बन्दै गएको देखिन्छ यसतर्पm सरोकारवाला सबैले बेलैमा सोच्न जरुरी छ ।