धर्मेन्द्र चौरसिया, पोखरिया, २३ असोज/
राष्ट्रिय मुक्ति क्रान्ति अभियानका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको नेतृत्वमा पोखरिया अस्पतालमा भइरहेको अनिश्चितकालीन रिले अनशन बुधवारदेखि समापन भएको छ ।
असोज १३ गतेदेखि पोखरियामा सरकारी सेवा केन्द्र स्थापना, जिल्ला अस्पताललाई ५० शøयाको प्रादेशिक अस्पताल बनाउनेलगायतका माग राखेर अनिश्चितकालीन रिले अनशन शुरू भएकोमा आज ११औं दिनमा अनशन समाप्त भएको हो ।
सङ्घ सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र प्रदेश सरकारका खेलकूदमन्त्री प्रमोद जयसवालले आन्दोलन स्थलमा पुगेर माग पूरा गर्ने आश्वासन दिएपछि अनशन तोडिएको हो । मन्त्री गुप्ताले एक महीनाभित्रमा जिल्ला अस्पताल प्रादेशिक अस्पतालमा परिणत गराउने आश्वासन दिएका थिए । प्रदेशका खेलकूद मन्त्री जयसवालले अघिल्लो मुख्यमन्त्रीकै पालामा प्रादेशिक अस्पताल घोषणा भएको र अब कार्यान्व्यनमा ल्याउन आप्mनो तहबाट पनि प्रयास हुने बताए । उनले सरकारी कार्यालयहरूको सेवा केन्द्र स्थापनाको लागि सबैको साथ र सहयोग आवश्यक हुने बताए ।