गरुडाका १० वटा अस्पताल बन्द गर्न निर्देशन

प्रस, रौतहट, २३ फागुन/
रौतहटको गरुडा नगरपालिकामा अनधिकृतरूपमा सञ्चालित १० वटा निजी अस्पताललाई मुख्यमन्त्री सतीशकुमार सिंहले बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले निजी अस्पताल अनुगमनको क्रममा हिजो बिहीवार १० वटा अस्पताल अवैध तवरबाट सञ्चालनमा रहेको पाएपछि अस्पताल सञ्चालन बन्द गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहले गरुडा नगरपालिका–४ मा रहेका नौवटा र वडा नं ५ मा रहेको एउटा निजी अस्पताललाई बन्द गर्न निर्देशन दिएका थिए ।

प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्य–सचिव सन्तोष ठाकुरका अनुसार गरुडा नगरपालिका–४ स्थित अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति आँखा हस्पिटल प्रालि, गौर आँखा अस्पताल, गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका–५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका हुन् ।

उनले सेवा सञ्चालन अनुमति नलिएका, अनुमति लिए पनि चार–पाँच वर्षदेखि नवीकरण नगराएका र कानूनी प्रावधानविपरीत निर्धारित शøया सङ्ख्याभन्दा बढी शøयाको अस्पताल सेवा सञ्चालन अनुमति स्थानीय तहबाट प्राप्त गरेका ती अस्पताललाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएको बताए ।

जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका १० वटा अस्पताललाई बन्द गर्न अनुगमन टोलीले सोही क्रममा पत्र बुझाएको थियो ।

अनुगमनका क्रममा बन्द गर्न निर्देशन दिइएको आनन्द हस्पिटल प्रालिले स्थानीय तहबाट चालू आवमा २५ शøयाको अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको छ । कानून अनुसार स्थानीय तहले १५ शøयासम्मको अस्पताल सेवा सञ्चालन स्वीकृति दिन सक्ने प्रावधान रहेको छ ।

२५ शøयादेखि दुई सयसम्म प्रदेश सरकारले र दुई सय शøयाभन्दा माथि सङ्घ सरकारले अस्पताल सेवा सञ्चालन स्वीकृति दिने व्यवस्था छ ।

स्थानीय तहलाई विशिष्टीकृत अस्पतालको सेवा सञ्चालन अनुमति दिने अधिकार नरहेको तर कानूनविपरीत कतिपय स्थानीय तहले अधिकार क्षेत्रभन्दा बाहिर गएर तोकिएको १५ शøयाभन्दा बढी क्षमता र विषयगत अस्पताल सञ्चालन अनुमति दिएको अनुगमनको क्रममा मुख्यमन्त्रीले भेटेपछि त्यस्ता अस्पताललाई पनि बन्द गराएका हुन् । उनले अवैधानिक स्वीकृति लिएका अस्पताललाई वैधानिकता पूरा गरेर सञ्चालनमा आउन सक्ने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्