जनमतको वडा भेला

प्रस, वीरगंज, २३ फागुन/
जनमत पार्टी नेपाल, पर्साको शुक्रवार जगरनाथपुर गाउँपालिका–१ र ३ मा भएको भेलाले वडा एकाइ समिति गठन गरेको छ । वडा नं १ मा शिवजीप्रसाद कलवारको अध्यक्षतामा २१ सदस्यीय र वडा नं ३ मा हासिमराउत गद्दीको अध्यक्षतामा २७ सदस्यीय वडा एकाइ समिति गठन गरिएको पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

पार्टीका जगरनाथपुर गाउँपालिका अध्यक्ष सुनील मुखियाको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य अनीता रौनियार, प्रदेश सदस्य बृजेश्वरप्रसाद चौधरी, महानगर उपाध्यक्ष केदार पटेल, महिला नेत्री अनीता रामलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्