महानगरको झारा टार्ने काम

प्रस, वीरगंज, २३ फागुन/
वीरगंज महानगरपालिकाले झारा टार्ने गरी शैक्षिक सत्रको अन्त्यमा छात्रवृद्धि सिफारिशपत्र विद्यार्थीहरूलाई वितरण गरेको छ । महानगरले जारी गरेको पूर्ण निश्शुल्क छात्रवृत्ति सिफारिशपत्रलाई निजी विद्यालयहरूले नमानेपछि अभिभावकहरू मारमा परेका छन् ।
केही दिन अघि महानगरले कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई निजी विद्यालयमा निश्शुल्क अध्ययन गर्न छात्रवृत्ति नतीजा सार्वजनिक गरेको थियो ।

वीरगंज महानगरले २०८१/१०/०२ गते शैक्षिक सत्र २०८१/८२ को लागि राष्ट्रिय परीक्षा बोर्डले तोकेको बाहेक पूर्ण निश्शुल्क छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, मासिक शुल्क तथा परीक्ष्Fा शुल्क निश्शुल्क उपलब्ध हुनेगरी छात्रवृद्धि सिफारिशपत्र विद्यार्थीहरूमार्फत निजी विद्यालयहरूलाई वितरण गरेको थियो ।

महानगरले दिएको सिफारिशपत्र महानगर अन्तर्गतका निजी विद्यालयहरूले नमानेपछि अभिभावकहरू पीडामा परेका छन् । शैक्षिक सत्र सुरू भएको ११ महीना बितिसक्दा अहिले नतीजा सार्वजनिक गरी सिफारिशपत्र बाँड्नु महानगरको लापारवाही भएको अभिभावकहरूको भनाइ छ ।

अधिकांश अभिभावकले १२ महीनाकै शुल्क बुझाइसकेका छन् । शैक्षिक सत्रको अन्त्यमा छात्रवृद्धि सिफारिशपत्र लिएर आएपछि कसरी छुट दिने एक निजी विद्यालयका सञ्चालकको भनाइ थियो । निजी विद्यालयका सञ्चालकका अनुसार शैक्षिक सत्र शुरूभन्दा पहिले नै नतीजा सार्वजनिक गरी भर्नाको बेला सो पत्र पेश गर्दा सो सुविधा दिन सकिन्थ्यो । तर महानगरपालिकाले शैक्षिक सत्रको अन्त्यमा सार्वजनिक गरेको छात्रवृत्ति सिफारिशपत्र झारा टार्ने मात्र भएको अभिभावकहरूले आरोप लगाएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्