विज्ञान तथा हस्तकला प्रदर्शनी

प्रस, वीरगंज, २३ फागुन/
विकन माध्यमिक विद्यालयमा शुक्रवार विज्ञान तथा हस्तकला प्रदर्शनी सम्पन्न भएको छ । प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका सञ्चालक प्रकाश उपाध्यायले विद्यार्थीहरूमा वैज्ञानिक सोच, नवीनता र अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । प्रदर्शनीको आयोजनाबाट विद्यार्थीहरूको सिर्जनशीलता र लगनशीलतालाई प्रोत्साहन मिलेको र उनीहरूको मनोबल उच्च बनेको दाबी गरे ।

विद्यालयका प्रअ जयकुमार दनुवारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सञ्चालक सार्दुल भट्टराईले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्