प्रस, निजगढ, ९ भदौ/ गाउँकै जनता मावि श्रीनगरबाट २०६२ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेर उच्च शिक्षाका लागि काठमाडौं पसेका उनी काठमाडौ बस्दै आएका दिदी–भिनाजुको घर र पसलमा सघाउन थाले । त्यस बेला काठमाडौंमा हार्मोनियम मरम्मत गर्ने शायद उनका भिनाजु सीताराम साहको मात्रै पसल असनमा थियो । जुन अहिले पनि छ । उनले आइए उत्तीर्णपछि स्नातक तह अध्ययन गर्दागर्दै हार्मोनियम (बाजा)को डिजिटल सुर अर्थात् ट्युुनिड्ढो तालीम लिन २०६५ सालमा कोलकाता गए । उनले दुई वर्षको उक्त कोर्ष पूरा गरी नेपाल फर्की हार्मोनियमको काममा पुनः तल्लीन भए । अहिलेसम्म हार्मोनियमको डिजिटल सुर अर्थात् ट्युनिङ गर्ने एकमात्र प्राविधिक विमल साह हुन् । उनका भिनाजुको पसलमा त्यस बेलाका जल्दाबल्दा गीत, सङ्गीतका कलाकारहरू स्वरसम्राट नारायण गोपाल, गोपाल योञ्जन, अमर गुरुङ, प्रेमध्वज प्रधान, गणेश परियार, तारादेवी, तारा थापाजस्ता ख्यातिप्राप्त कलाकारहरूको हार्मोनियम मरम्मत र सुर अर्थात् ट्युनिङ गर्न आउँथे । भिनाजुको पेशाबाट प्रभावित भई सोही पेशा पच्छाउँदै लगभग १२ वर्षदेखि उनले छुट्टै हार्मोनियम मरम्मत र बिक्री गर्न थालेका छन् । जुन पेशा अहिले पनि काठमाडौंको सिनामङ्गलमा छ । अहिले उनलाई नेपालका चल्तीका गायक गायिकाहरूले युवा हार्मोनियम डाक्टर साहेब भनेर सम्बोधन गर्छन् । सरल, मिजासिला स्वभावका धनी विमलले हार्मोनियम मरम्मत गर्ने र भारतबाट उत्पादित हार्मोनियम बिक्री गर्ने मात्र नभई नेपाली ‘विमल ब्रान्ड’ को हार्मोनियमको व्यावसायिकरूपमा उत्पादन गरी नेपालको पहिलो हार्मोनियम उत्पादन कम्पनी सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका छन् । उनले कम्पनी शुरू गरेको अढाई वर्षमा नै एक हजारभन्दा बढी हार्मोनियम बिक्री भइसकेको जानकारी दिए । हार्मोनियम बनाउने कालिगड भारतबाट आउने र बनाइसकेपछि पुनः भारत फर्कने गरेको उनले बताए । आप्mनो कम्पनीबाट उत्पादन भएका हार्मोनियमले विश्व बजार छाउन सकोस् भन्दै उनले दिनरात अथक मेहनत पनि गरिरहेका छन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलियालगायत देशमा पनि आफ्नो ब्रान्डका हार्मोनियमहरू बिक्री भइरहेको हँसिलो मुुद्रामा उनले बताए । “मलाई लाग्छ । कुुनै पनि राम्रो कामको प्रचार हुन समय लाग्छ । तर यो छोटो समयमा पनि जति प्रचार भएको छ, आसलाग्दो छ”– उनले भने । अहिले आर्थिक मन्दीका बेलामा पनि महीनाको कम्तीमा ७० देखि डेढ सयसम्म हार्मोनियम बिक्री भइरहेको उनले बताए । नेपालमा गीत, सङ्गीत क्षेत्रमा केही गरौं भनेर आएका नयाँ पुस्ताका कलाकारहरू धेरै विदेशिएका छन् । यसरी जति युवायुवती विदेशिएका छन्, उनीहरूले विदेशमा राम्रो कमाइ गर्न थालेपछि हार्मोनियम अर्डर गर्ने गरेको उनले बताए । “अमेरिका, लन्डन, अस्ट्रेलिया, दक्षिण कोरिया, हड्ढङ, दुबई, मलेशियालगायत धेरै देशबाट नेपाली कलाकारले अर्डर गर्ने गर्छन् । सोही अनुसार पठाउने गरेको छु”– विमलले भने । विदेशमा मात्र होइन, देशभरका जुनसुकै कुनामा अर्डर अनुुसार होम डेलीभरी गर्दै आइरहेको उनले बताए । हार्मोनियम भनेर मात्रै हँुदैन । राम्रो साउन्ड आउने, सुर अर्थात् ट्युनिङ मिलेको हुनुपर्ने उनी बताउँछन् । गुणस्तरीय हार्मोनियमको सुर अर्थात् ट्युनिङ पनि खस्किन्छ । अनि बेसुरा बज्न थाल्छ । त्यसैले समयसमयमा सुर अर्थात् ट्युनिङ गर्नुपर्छ उनी भन्छन् । झनै सस्तो मूल्यको हार्मोनियममा चाँडै सुर खस्किन्छ । त्यसैले ‘विमल ब्रान्ड’ को हार्मोनियम गुणस्तरीय उत्पादन होस् भनेर जोड दिइरहेको भन्दै भक्तिगीत, आधुनिक, सुगम, फिल्मी, शास्त्रीय गायन, गीत, सङ्गीतका लागि रु ३५ हजारभन्दा माथि मूल्यको हार्मोनियम खरीद गर्नुपर्ने उनको सुझाव छ । “हामी १५ हजारदेखि दुई लाखसम्मको हार्मोनियम उत्पादन गर्छौं”–उनले भने । अर्डर अनुुसार हार्मोनियम तयार गर्छौं । कतिपय भर्खरै गायन, सङ्गीत क्षेत्रमा आउने कलाकारहरू हार्मोनियम किन्न र बुझ्न पनि आउँछन् । उनीहरूलाई जाने, बुुझे, भोगेसम्मका अनुभव सुनाउने गर्छु । गायन, सङ्गीत क्षेत्रमा भर्खरै प्रवेश गर्नेहरूले कामचलाउ, सस्तो मूल्यको हार्मोनियम किन्छु भन्नेहरूलाई विमल प्रेमभावले सम्झाउने, बुझाउने कोशिश गर्छन् । अहिले हतार नगर्नुस् । बरु दुई/चार महीनापछि किन्नुस् । तर राम्रो गुणस्तरीय रिड भएको, टिकाउ खालको किन्न उनी सुझाव दिन्छन् । यसरी सम्झाएका केही कलाकार चर्चित भइसकेका छन् । अहिलेका ख्यातिप्राप्त, चर्चित गायक, सङ्गीतकारहरू दीप श्रेष्ठ, न्हु बज्राचार्य, आनन्द कार्की, रामकृष्ण ढकाल, शिव परियार, अञ्जु पन्त, प्रमोद खरेल, राजेश पायल राई, राज सिग्देल, इन्दिरा जोशी, राजु लामा, पशुपति शर्मा, चेतन कार्की, मेनुका पौडेल, कमल खत्री, मेलिना राई, अस्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दासलगायत थुप्रै कलाकारको हार्मोनियम मरम्मत अनि सुर अर्थात् ट्युनिङ गर्ने गरेको उनले बताए । वरिष्ठ सङ्गीतकारहरू दीपक जङ्गम, प्रकाश गुरुङ, चन्दन श्रेष्ठ, शम्भुजीत बाँस्कोटा, कालीप्रसाद बाँस्कोटा, वसन्त सापकोटा, दिनेश सुब्वा, शक्तिवल्लभलगायत कलाकारहरूको हार्मोनियमको पनि मरम्मत र ट्युनिङ गरेको छु, उनले भने । “भारतीय रियालिटी शोका चर्चित नेपाली गायिका मेनुका पौडेलले पनि ‘विमल ब्रान्ड’को हार्मोनियम किनेर लग्नुभएको छ । हार्मोनियमको आवाज मीठो छ । मेहनतका साथ ट्युनिङ गरेर दिएको छु । अहिलेसम्म कुनै गुनासो आएको छैन”–खुुशी हुँुदै विमलले भने । पैसा मात्रै कमाउने रहर मात्र होइन, सेवा गर्ने रहरले नै होला अहिले यहाँसम्म आइपुगेको छु । विगतलाई एक छिन सम्झँदै उनले भने । आम्दानीको हिसाबले यस पेशाबाट सन्तुष्ट छु । शायद भगवान्ले पनि यही कर्म गर भनेर माथिबाट खटाएको हुनुपर्छ । कहिल्यै यो कामबाट विमुख भइनँ । उनको ‘विमल ब्रान्ड’को हार्मोनियम संसारमा फैल्याउने सपना अनि योजना छ । “जसरी बुद्ध लामा दाइले नेपाली बाँसुरी उत्पादन गरेर ख्याति कमाउनुभएको छ । त्यसरी नै आप्mनो पनि नाम कमाउने उद्देश्य छ”–उनले भने । आप्mनो शेषपछि पनि आफ्ना सन्तानले यही पेशा अँगालून् भन्ने उनको चाहना छ । यही भदौ ७ गते शुुक्रवार करीब ५ः४५ बजे उनको हार्मोनियम पसलमा पुग्दा उनी एउटा हार्मोनियम खोलखाल गरी सफा गर्दै थिए । मैले कसको हार्मोनियम हो भनी सोध्दा उनले वरिष्ठ गीतकार कालीप्रसाद रिजाल भएको बताए । हालसम्म चार ठाउँमा हार्मोनियमको स्टोर रहेको र थप एउटा केही महीनापछि खुल्ने उनले बताए । काठमाडौं उपत्यकाभित्र हार्मोनियम मरम्मत र ट्युनिङ गर्न कसैले बोलाउँदा भ्याएसम्म पुग्ने गरेको विमलले बताए । सन् २०२२ मा काठमाडौंस्थित होटल ह्यातमा ३० वर्ष उमेरभित्र एक हजारभन्दा बढी हार्मोनियमको ट्युनिङ मरम्मत गर्ने आफू संसारको पहिलो व्यक्ति भएको र युनिक वल्र्ड रेकर्डमा दर्ता पनि भएको विमल साहले बताए । सो वल्र्ड रेकर्डका लागि नेपाल, भारत, पाकिस्तानलगायत विश्वका सयौंले दिएको आवेदनमध्ये ३६ जना छनोट भएकामध्ये पहिलो भएबापत नेपाल सरकारबाट एक लाख पाँच हजार रकमबाट सम्मानित भएको उनले बताए । |