नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ।
मङ्गलवारको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार १५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ।
विभिन्न ३१६ कम्पनीका ११ लाख ६६ हजार एक हजार २०८ कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ मा कारोबार भएका छन्।
आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेका छन्।
त्यसैगरी, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेका छन्।