रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो

काठमाडौं, २५ असार/रासस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ।

पार्टी केन्द्रीय समितिको मङ्गलवारको बैठकले पार्टी अनुशासन समितिको सिफारिशमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो। उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले बताए। उनको साधारण सदस्यता मात्र कायम गरिएको छ।

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्न सक्ने निर्णय गरेको छ। रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठन गरेको छ।

पार्टीभित्र बोलेकै कारण महामन्त्री कारबाईमा पर्ने कुरालाई स्वाभाविकरूपले लिन सकिन्छ र भन्ने प्रश्नमा प्रवक्ता झाले भने, “उहाँले राजनीतिक व्यवहार नदेखाएका कारण कारबाई गरिएको हो।”

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्