प्रस, वीरगंज, ३२ साउन/
समग्र उद्योग ट्रेड युनियन नेपाल
(ह्वीन)ले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । साउन १ देखि श्रमिकहरूको रु २५ हजार पारिश्रमिक हुनुपर्ने माग गर्दै पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

अध्यक्ष हेमराज न्यौपाने र सचिव प्रेम चौधरीले जारी गरेको विज्ञप्ति अनुसार भदौ १ गते एक घण्टा धर्ना र नाराबाजी, ३ गते दुर्ई घण्टा धर्ना र नाराबाजी, ४ गते तीन घण्टा धर्ना र नाराबाजी, ५ गते चार घण्टा धर्ना र नाराबाजी, ६ गते साँझ ६ बजे मशाल जुलुस, ७ गते आधा घण्टा सम्पूर्ण उद्योग बन्द गर्ने जनाएको छ ।

नयाँ न्यूनतम पारिश्रमिक रु २५ हजार कायम गर्नुपर्ने माग गर्दै विभिन्न १२ वटा टे«ड युनियन सङ्घहरूले श्रम मन्त्रालयसमक्ष असार २६ गते ज्ञापनपत्र बुझाएको थियो । त्यस्तै, साउन १३ गते वीरगंजमा कोणसभा गरी भदौ १ गतेदेखि अनिश्चितकालीन अवज्ञा आन्दोलन गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुसार नेपाल सरकारले साउन मसान्तसम्म श्रमिकको पारिश्रमिक वृद्धि गर्न गम्भीर नभएपछि बाध्य भएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here