चरेससहित दुईजना पक्राउ

प्रस, निजगढ, २१ फागुन/
जिल्ला प्रहरी कार्यालय, बाराले दुई किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । सूचनाका आधारमा बुधवार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००३प३१२६ नम्बरको पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइछिपाइ राखेको अवस्थामा दुई किलो ४१ ग्राम अफिम जस्तो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

मोटरसाइकलमा सवार मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–१ बस्ने २७ वर्षीय सुनील मोक्तान र भीमफेदी गापा–३ बस्ने २० वर्षीय हर्क रूम्बालाई पक्राउ गरी लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जानकारी गराएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्