५९ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २१ फागुन/
जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन महासङ्घको ७८औं वार्षिकोत्सवको अवसरमा बुधवार सिमरामा आयोजित रक्तदान कार्यक्रममा १२ जना महिलासहित ५९ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले कार्यक्रममा अस्मिता चौधरी, नेत्र खनाल, धनकला बोहरा, मुना चौधरी, लक्ष्मी कुमारी, शोभा यादव, विष्णुमाया ठकुरी, धीरेन्द्र राम, धर्मराज चौधरी, शिवबालक यादव, ओमप्रकाश साहलगायतले रक्तदान गरेको बताइन् ।

समग्र उद्योग ट्रेड युनियन महासङ्घका ओमप्रकाश साहको अध्यक्षतामा भएको कार्यक्रमको समग्र उद्योग ट्रेड युनियन महासङ्घको अध्यक्ष आनन्द थामीले उद्घाटन गरेका थिए । कार्यक्रम मनीष चौहानले सञ्चालन गरेका र राकेश ठाकुरले स्वागत गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्