बिजनेस टिकट हुनेलाई पहिलो, दोस्रो उडान तथा अवतरणको समयमा केही समस्या हुन्छ । तर यो लामो उडान भएकोले खासै त्यस्तो बुझिंदैन । म राम्ररी सतर्क छु – कतै डराउँछिन् रेणु । किनभने लामो दूरीको हवाईयात्रामा डर लाग्ने बताउँदै आएकी थिइन् । उसो त काठमाडौं–सिमरा उडान दशकौंदेखि गर्दै आएकी छन् ।
जहाज उडेको करीब बीस मिनेटपछि खानाको तयारी हुन थाल्छ । मलाई असमञ्जस हुन्छ हामीलाई खाना दिन्छ कि दिंदैन । एअर रूट कन्फर्म गर्नुभन्दा पहिले मैले पनि विभिन्न रूट हेरेको थिएँ । विस्तरामा अङ्ग्रेजीमा लेखिएको थियो – फ्री मिल । एअरहोस्टेजले प्रशिक्षित नम्र अङ्गे्रजी भाषामा सोधिन् – भेज कि ननभेज ? सबैले भेज नै रोज्यौं । आकाशमा यो मेरो पहिलो भोजन थियो । यस अघि एकपटक चेन्नईबाट पटना आउँदा असाध्यै भोक लागेर प्लेनमैं खाना माग्दा अढाई सयमा एक गिलास चाउचाउ दिएको थियो । खानाको गुणवत्ताको विषयमा हामीलाई जानकारी भएन तर ताजा र तातो शाकाहारी खानाले बिहान र दिउँसो दुर्ईपटक पटनामा खाएको खानालाई उछिनेको थियो । एकै छिनमा चिया कि कफी ? भन्ने प्रश्न आइपुग्यो । म प्रायः कफी खान्न, चियाको पक्षमा दुर्ईतिहाई बहुमत पुग्यो । चियाको तृप्ति अविस्मरणीय थियो ।
बात मार्दै, खाना खाँदै, चिया पिउँदै यात्रा गर्ने हो भने समय बितेको पत्तो हुँदैन भने दूरी पनि निकै छोटिन्छ ।
अब फेरि उही प्रक्रिया पूरा गर्नुपर्छ । एअरपोर्टको भित्रभित्रै एराइभल भएर सुरक्षा चेकजाँच गराउँछौं । अहिले सामानहरू खासै छैन । सबै ठूला झोला एकैपटक कोयम्बटुरमा लिनेगरी पटनामा नै छाडेका छौं । चेकजाँचको लाइनमा बसेर अभ्यस्त तरीकाले सबै प्रक्रिया पूरा गर्छौं । दिल्ली एअरपोर्टको सुरक्षा अत्यन्त कडा छ । सबै प्रक्रिया पूरा गरेपछि लिप्mट सिंढीको सहाराले दोस्रो हो कि तेस्रो तल्लामा उक्लन्छौं ।
भोलि बिहान ५ः५० बजे मुम्बईको लागि फ्लाइट छ । ठाउँ–ठाउँमा टाँगिएका डिजिटल बोर्डले हाम्रो टिकटमा उल्लेख गरिएको प्mलाइट नम्बरको हवाईजहाजलाई सुरक्षा जाँच बताइरहेको छ । कति धेरै प्mलाइट हुने रहेछ दिल्लीबाट, बाफ रे १ देश–विदेश जाने हजारौँ यात्री यताउता गरिरहेका छन् । बस्ने ठाउँ पर्याप्त छ । ठाउँठाउँमा लहरै जोडिएका कुर्सीहरू राखिएका छन् । ठूल्ठूला टेलिभिजन छन् । टेलिभिजनहरूले एउटै च्यानल देखाइरहेका छन्, समाचार । मलाई समाचारमा रुचि छ । थोरै समयपछि बन्टीलाई घुम्न मन लाग्छ । ऊ डुल्न निस्कन्छ तर आधा घण्टाभन्दा बढी समय बितिसकेपछि पनि नफर्किंदा हामी अलि आत्तिन्छौं । कहाँ गयो ? कतै यत्रो ठूलो ठाउँमा डुल्दाडुल्दै यताउति प¥यो कि ? यताउति खोज्छौं पनि, तर डर के हुन्छ भने यदि खोज्दै कतै जान्छौं र ऊ यहाँ आइपुग्यो भने ?
धेरै फ्रेस भएर आउँछ बन्टी । बसेको ठाउँभन्दा सोझै अगाडि शौचालय रहेछ । पानी खाने ठाउँ पनि त्यहीं । उसले देखाएको ठाउँतिर जान्छु । अरूलाई पानी खाएको तथा बोतलमा थापेको देखेर पानी खान सिक्छु । धारा छुन नपर्ने, हात वा बोतल नजीक लैजाँदा आफैं पानी चुहिन थाल्ने । यस्तो कहिल्यै देखेको थिइनँ । एकै सासमा एक मिनेटसम्म पानी खाइरहन्छु । अनि, विचार हुन्छ कि भित्र पसेर शौचालय पनि हेरिहालूँ । प्रयोग गर्न जानुँला कि नजानुँला ? यस्तै विचार गर्दै म पुरुष शौचालयमा जान्छु । आहा, कति सफा ? केही कर्मचारीहरू निरन्तर सहयोग र सफाइमा छन् ।
अत्यन्त सन्तुष्ट र प्रफुल्ल भई म पहिले बसेको ठाउँमा आउँछु । रेणु पनि पानी खाने र घुम्ने इच्छा देखाउँछिन् । वास्तवमा डुल्न आएका छौं भने डुल्नुपर्छ । बोतल लिएर जान्छौं । त्यहाँ पुगेर फेरि अलिकति पानी खान्छु, पालो मिलाएर । रेणु पनि खुशी हुन्छिन् । अब अलिकति डुल्न चाहन्छौं ।
एउटा छावासहित विशाल हात्तीको जीवन्त मूर्ति देखेर अचम्भित हुनु स्वाभाविकै हो । केही फोटा लिन्छौं । अलिकति अगाडि बढ्छौं । एउटा निकै अग्लो नरिवलको रूखजस्तो देखिन्छ । रूख नै हो कि जस्तो पनि लाग्छ ।
फर्केर आउँछौं पहिले बसेको ठाउँमा, बन्टी निदाइसकेको छ । आरामले सुतिरहेका छन् दर्जनौं मानिस । बिहारका मजदूरहरूको एउटा ठूलो समूह पनि छ त्यहीं । कुन देश जान लागेका हुन् कुन्नि ? त्यहीं तीनवटा कुर्सी ओगटेर रेणु ढल्किन्छिन् । अब मेरो दायित्व झन् बढेको छ । सामानको सुरक्षा गर्नुछ र टेलिभिजनमा समाचार हेर्नुछ । हमास समस्याबारे करीब आधा घण्टाको एउटा रिपोर्ट हेर्छु । अनि विज्ञापन तथा अन्य समाचारहरू आइरहेका छन् । भारतमा बाढीको वितण्डा छ ।
उनीहरू मज्जैले सुत्दछन्, डेढ दुर्ई घण्टा । रेणु मलाई पनि पल्टिन भन्छिन् । म भन्छु – यदि म निदाएँ भने तिमी पनि निदाउँछौ । म पल्टिन्छु, निदाउँदिनँ तर रेणु भने निदाउँछिन् फेरि ।
चार बज्न थालेपछि अब तयारी हुनुपर्ने हो । सबैलाई थाहा छ, नित्यकर्म त गर्नैपर्छ । निदाउन नसके पनि जब मनमा रात कटेको र नयाँ दिनको कामको लागि हामी आपूmलाई तयार गर्दछौं, तब प्रारम्भिक कर्महरू गर्नैपर्छ । रेणु र बन्टी तयार हुन्छन् । अनि लाइनमा लाग्छौं । हामी दिल्लीतिर उड्ने गेटतिर लाग्छौं खोज्दै । डिजिटल बोर्डमा सबै देखाएकै छ । आवश्यक प्रक्रिया पूरा गरेर निर्धारित गेटतिर लम्कन्छौं । अलिक हतार भएजस्तो हुन्छ । तर यो मनोवैज्ञानिक मात्र हो । निर्धारित ठाउँतिर पुग्छौं । एकजना निकै फुर्तिली तर आधुनिक पोशाकमा भद्र महिला देखिन्छिन् । हेर्दा नेपालीजस्तो । अलिकति शङ्का लागेर कन्फर्म हुनलाई सोध्छु – आप मुम्बई के लिए हो ? सज्जन महिलाबाट सहज र उत्सुक जवाफ आउँछ – हजूर ।
मोबाइल चार्जमा लगाउँँछौं । बन्टीलाई भन्छु – जाउँ मर्निङ वाकमा । तयार हुन्छ, सिट छाडेर निस्कन्छौँ तर पाँच सात मिनेटजति हिंडेपछि ऊ भन्छ – यस्तै त हो नि, फर्कौं । हामी फर्किन्छौं ।
अझै समय बाँकी छ । तौलिया, ब्रश र टुथपेस्ट निकाल्छु । वाशरूमतिर लाग्छु, हातमुख धुन अलमल गरेको देखेर कर्मचारी आएर सहयोग गरिदिन्छन् । बोलचाल बिल्कुल हुँदैन । अलिकति पानी छम्कन्छु जीउमा । मन्त्रस्नानका विधिहरू पूरा गर्नुपरेको छ । साउन महीना भएकोले स्नान नगरी केही खाने कसरी ? अनि यहाँ स्नान गर्ने वातावरण बिल्कुलै छैन । कपाल पुछ्दै निस्कन्छु । अब मेरो आँखामा निद्राको लेस पनि छैन । पूर्ण तरोताजा भएको छु । अनि तयार भएको छु मुम्बई उडानको लागि ।
दिल्ली एअरपोर्टमा जे जति देखियो, सबै अवर्णनीय छ । मेरो लागि न भूतो न भविष्यति । एउटा विस्मयकारी विशाल आधुनिक दुनियाँ । यस एअरपोर्टबाट दैनिक एक हजार पाँच सयको हाराहारीमा उडान वा उडान–अवतरण हुने गर्छ । यस्तो लाग्छ हवाईजहाजको बजार हो वा मेला नै हो ।