सेढवाको डिप्रोस लघुवित्तको कार्यालयमा तोडफोड सिराहाका दुईवटा वित्तीय संस्थामा तोडफोड, आगजनी

प्रस, पंचगावाँ, ११ भदौ/ जीराभवानी गाउँपालिका–२ सेढवास्थित डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा महिलाहरूले मङ्गलवार दिउँसो तोडफोड गरेका छन् । लघुवित्त सङ्घर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा सेढवास्थित डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा पुगेका महिलाहरूले संस्थाको साइनबोर्ड च्यात्दै कार्यालयमा रहेका उपकरणहरू तोडफोड गरी कागजपत्रहरू बाहिर फ्याँकिदिएका थिए । उनीहरूले डिप्रोस लघुवित्त वित्तीय संस्थाले बचतकर्ताको रकम […]

पोखरियामा ९५ प्रतिशत दलित विद्यालय जान्छन् केही दलित बालबालिका संस्थागत विद्यालयमा पढ्छन्

धर्मेन्द्र चौरसिया, पोखरिया, ११ भदौ/ पोखरिया नगरपालिकाका दलित बालबालिकाहरूको सामुदायिक विद्यालयमा ९५ प्रतिशत सहभागिता छ । पोखरिया नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख विजय झाले नगरपालिकाका दलितहरूको सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयमा पनि पहुँच रहेको बताए । उनले पालिकाका अधिकांश दलित रोजगारमा संलग्न रहेकाले नपाका दलितहरूको पहुँच सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयमा पनि रहेको बताए । […]

वडाध्यक्ष र सचिवबीच विवाद, कार्यालयमा तालाबन्दी

दिनेस मिश्र, वीरगंज, ११ भदौ/ धोबिनी गाउँपालिका–१ घोडदौरपिपरास्थित वडा कार्यालयमा भदौ ९ गते आइतवारदेखि तालाबन्दी छ । वडाध्यक्ष बन्धुसाह तेली र वडासचिव अशोक राउत कुर्मीबीचको विवादमा स्थानीयलगायत वडाध्यक्ष तेलीले तालाबन्दी गराएको आरोप छ । वडाध्यक्ष तेलीले वडासचिव कुर्मी कार्यालयमा नियमित नआउने र सेवाग्राहीले आफूलाई कुरा सुनाउने गरेको आरोप लगाएका छन् । उनले वडासचिवको यस प्रकारको […]

दुई दलीय गठबन्धन होइन, ठगबन्धन हो –अध्यक्ष साह

प्रस, वीरगंज, ११ भदौ/ आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले नेपाली काङ्ग्रेस र नेकपा एमालेको दुई दलीय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवारदेखि शुरू भएको आजपाको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले दुई दलीय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए । उनले विचार, […]

अध्यक्षमा मुखिया सर्वसम्मत चयन

प्रस, पंचगावाँ, ११ भदौ/ पटेर्वासुगौली गापास्थित नेरामावि निचुटामा सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएको छ । समितिका ज्येष्ठ सदस्य सुब्बाप्रसाद यादवको अध्यक्षतामा सोमवार बसेको बैठकले विपिन मुखियालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । यस अघि समितिका सदस्यहरूमा सुब्बाप्रसाद यादव, मुकदेव देवान, हुस्नेहरा खातुन, महिला सदस्य नजमुन खातुन, चन्दादाता सदस्य अखिलेश चौधरी, शिक्षाप्रेमी सदस्य मुनियादेवी […]

खानेपानी सङ्कट समाधानका लागि एकजुट हुनुपर्छ –मन्त्री यादव

प्रस, वीरगंज, ११ भदौ/ खानेपानीमन्त्री प्रदीप यादवले देशभरिमा खानेपानी समस्याको समाधानका लागि एकजुट भएर लाग्नुपर्ने बताएका छन् । चितवनको पर्यटकीय क्षेत्र सौराहामा सोमवार आयोजित खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुक्दै जानु र यसले निम्त्याएका समस्याहरूको समाधानका लागि समग्र देशको सहभागिता अपरिहार्य रहेको बताए […]

वडाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन

प्रस, परवानीपुर,११ भदौ/ वीरगंज महानगरका–२६ सुगौलीबिर्ताका वडाध्यक्ष शम्भु मिश्र नेतृत्वमा मङ्गलवार वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई चार सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाइएको छ । वडाध्यक्ष, वडा सदस्य, स्थायी, करार, ज्यालादारी कर्मचारीसहितको टोलीले ज्ञापनपत्र बुझाउँदै चारवटा माग पूरा गराउन माग गरेका थिए । चार बुँदे मागसहितको ज्ञापनमा वडा कार्यालयको पुरानो भवन जीर्ण भएर नयाँ […]

बजार छपकैया धारा जडानमा विवाद

प्रस, परवानीपुर, ११ भदौ/ वीरगंज महानगर–१ बजार छपकैयामा धारा जडानको विषयमा विवाद भएको छ । लक्ष्मीनारायण मन्दिर नजीकै केही दिन अघि जडान भएको एक इन्चको बोरिङ (धारा) जडानमा विवाद भएको हो । वडा सदस्य पिन्टुसाह कानूले पहिलेदेखि धारा रहेको सोही स्थानमा अर्को धारा जडान गरेको स्थानीय अरुणकुमार गुप्ताले गुनासो गरे । उनका अनुसार डेढ वर्ष […]

विश्वास कसको गर्ने ?

• विनोद गुप्ता २०२४ को बिजनेस एज पत्रिका पढ्ने क्रममा भेटिएका केही विचार गर्नुपर्ने कुराहरू तथा द काठमाण्डु पोस्टमा जुलाई १६ मा प्रकाशित अच्युत वाग्लेको म्बतब ऋययपष्लन ष्ल न्यखभचलmभलत क्गचखभथक र त्यही पत्रिकाको जुलाई २६ मा हेमराज रेग्मीको ध्भबतिज म्ष्कतचष्दगतष्यल ब्mयलन एचयखष्लअभक पढ्दा मनमा उठेका केही जिज्ञासाहरू यस अङ्कमा उल्लेख गर्न गइरहेको छु । सर्वप्रथम […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।