प्रस, पंचगावाँ, ११ भदौ/
पटेर्वासुगौली गापास्थित नेरामावि निचुटामा सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएको छ ।

समितिका ज्येष्ठ सदस्य सुब्बाप्रसाद यादवको अध्यक्षतामा सोमवार बसेको बैठकले विपिन मुखियालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

यस अघि समितिका सदस्यहरूमा सुब्बाप्रसाद यादव, मुकदेव देवान, हुस्नेहरा खातुन, महिला सदस्य नजमुन खातुन, चन्दादाता सदस्य अखिलेश चौधरी, शिक्षाप्रेमी सदस्य मुनियादेवी थरुनी, शिक्षक प्रतिनिधि सदस्य राजुप्रसाद यादव र सदस्यसचिव मधुकान्तप्रसाद चौधरी निर्वाचित भएका थिए ।

सदस्यहरूको हिजो बसेको बैठकले मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको ज्येष्ठ सदस्य यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here