प्रस, वीरगंज, २ भदौ/
आइएमई लाइफ इन्स्योरेन्सको आयोजनामा शनिवार माईस्थानस्थित कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा नौंजना महिलासहित ३७ जनाले रक्तदान गरेका थिए।
रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले अन्जिला राना मगर, खुशबु गुप्ता, अनिता देवी, अल्का बोहरा, जुनु कार्की, दीपा चौधरी, सुस्मिता शिवाकोटी, कमला ढकाल नेपाल, सरस्वती खुलाल, पवन ठाकुर, सरोज रौनियार, सुग्रीम कुशवाहाले रक्तदान गरेको बताए।