प्रस, वीरगंज, १५/
विद्यार्थी जागरण मञ्च (विजाम) वीरगंजको २९औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको विजामका अध्यक्ष महेश अर्यालले बताए । नयाँ कार्यसमिति चयन गर्ने क्रममा केही पदमा निर्वाचन भएको निर्वाचन अधिकृत अनोज खड्काले बताए । वर्तमान अध्यक्ष अर्यालको नेतृत्वमा नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष विनय सत्याल, सचिव अमर गौतम, सहसचिव राजु सुवेदी, कोषाध्यक्ष राजेश डङ्गोल र सदस्यहरूमा सविताकुमारी शर्मा, यादव अधिकारी, जगत श्रेष्ठ, प्रदीपकुमार उपाध्यय चयन भएका छन् ।

आजको साधारणसभामा उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएको थियो । उपाध्यक्षमा विनय सत्यालले प्रेम राईलाई पराजित गरेका थिए भने सचिवमा अमर गौतमले दिलीप खड्कालाई पराजित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here