प्रस, वीरगंज, १५ वैशाख/
जिल्ला प्रहरी कार्यालय बाराले शनिवार बिहान दुईवटा ट्रकलाई बिलबीजकभन्दा बढी सामानसहित नियन्त्रणमा लिएको छ ।

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजले शनिवार बिहान वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ख ७९२७ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा सो ट्रकमा लोड ग्लास दाना, पेपर बोक्स, रिसाइन गम, मोटर पाट्र्स, लेडिज सुट र अन्य सामानहरू बिलबीजकभन्दा बढीको रहेको आशङ्कामा नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले बताए । यसैगरी, सोही समयमा ना.५ख ८२३७ नम्बरको ट्रक चेकजाँच गर्दा सोमा लोड सुकमेल, वाटर फिल्टर, डिफ्रिज र अन्य सामानहरू पनि बिलबीजकभन्दा बढी रहेको आशङ्कामा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया चलान गरिएको बताए । दुवै ट्रकबाट करीब ७८ लाख बराबरका सामान बरामद भएको प्रवक्ता न्यौपानेले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here