छिमेकी मित्रराष्ट्र भारतले महŒवपूर्ण सफलता हात पारेको छ । भारतको महŒवाकाङ्क्षी परियोजना चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । उक्त यान बुधवार साँझ चन्द्रमामा अवतरण गरेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो)ले जनाएको हो । नेपाली समय अनुसार बुधवार साँझ ६ बजेर १८ मिनेट जाँदा चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गरेको इसरोले प्रत्यक्ष प्रसारण गरेको थियो । चन्द्रमाको सतहमा आफ्नो यान सफलताका साथ अवतरण गराउने भारत चौथो मुलुक बनेको छ । यसअघि अमेरिका, चीन र रूसले चन्द्रमामा यान पठाएका थिए । यसअघिका तीनवटै मुलुकले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान पठाएका थिए । तर भारतले भने चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाएको हो । दक्षिणी धु्रवमा यान पठाउनु कठिन मानिन्छ । यसरी हेर्दा चन्द्रमाको दक्षिणी धु्रवमा यान पठाउन सफल भारत पहिलो राष्ट्र हो । उक्त यानमा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महŒवपूर्ण भाग छन् । ल्यान्डरको नाम विक्रम राखिएको छ । विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ । २६ किलो तौल रहेको प्रज्ञान रोभरले बिहीवारदेखि दक्षिणी ध्रुवको सतहको अध्ययन शुरू ग¥यो ।

चन्द्रमाको दक्षिणी धु्रव कम अन्वेषण गरिएको भाग हो । चन्द्रमाको अन्वेषणमा यस ध्रुवको विशिष्ट महŒव छ । यहाँ स्थायीरूपमा छायामा पर्ने सतहको क्षेत्रफल ठूलो छ । यसो हुनु पानीको सम्भावना रहेको सङ्केत हो भन्दै वैज्ञानिकहरू खोज–अनुसन्धानमा लागेका छन् । तर सो क्षेत्रमा अन्वेषण गर्ने यान हालसम्म नपुगेको कारण अनुसन्धान असहज बनेको थियो । चन्द्रमातर्फ विश्वको ध्यान केन्द्रित छ । चन्द्र अभियानमा विश्वव्यापी चासो बढ्दो छ । चन्द्रमाको बारेमा राम्रो अध्ययन अनुसन्धान हुन पाए यसलाई भित्री अन्तरिक्षको प्रवेशद्वारका रूपमा प्रयोग गर्न सकिने सम्भावना छ । चन्द्रमाको सतहलाई स्टेशनको रूपमा प्रयोग गरेर अन्य ग्रह, उपग्रहहरूको खोज, अनुसन्धान गर्न सहज हुने वैज्ञानिहरूको मत छ । चन्द्रयान–३ को मुख्य उद्देश्य बरफको खोजी गर्नु हो । पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्नेछ ।

चन्द्रयान–३ को सफलता अन्तराष्ट्रिय खोज अनुसन्धानको क्षेत्रमा विश्व मानवजातिकै लागि महŒवपूर्ण पाइला हो । यस सफलताले भारतको सानलाई त झन् निकै उचाइमा पु¥याएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउन भारत र रूसबीच प्रतिस्पर्धा थियो । यस क्रममा रूसको लुना–२५ अन्तरिक्ष यान केही दिन पहिले चन्द्रमाको सतहमा अवतरणका क्रममा नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त भयो । निकै अप्ठ्यारो सतह रहेको कारण दुर्घटना भएको बताइएको छ । सोको केही दिनमैं भारतको अभियान चन्द्रमामा सफल अवतरण भएको हो । यसअघि भारतले सन् २००८ मा चन्द्रयान–१ प्रक्षेपण गरेको थियो । यसले चन्द्रमाको कक्षमा परिक्रमा गर्दै चन्द्रमाको सुक्खा सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो । त्यसपछि सन् २०१९ मा भारतले चन्द्रयान–२ को प्रक्षेपण गरेको थियो । तर चन्द्रमाको सतहमा अवतरणको क्रममा दुर्घटना भयो । दुर्घटनामा परेको यानले पृथ्वीमा सन्देश पठाउन नसके पनि चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको थियो । उक्त यानलाई समेत संयोजन गरेर चन्द्रयान–३ ले काम थालेको छ । अतः चन्द्रयान चन्द्रयान–३ ले १ र २ पनि सफल बनाएको मान्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here