प्रस, पंचगावाँ, २ माघ/
पटेर्वासुगौली गाउँँपालिका–४ स्थित करबोेलाचोक नजीक मङ्गलवार राति सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
ना.२८प ३८१९ नम्बरको मोटरसाइकल पथरैयाबाट श्रीपुर पंचगावाँ जाँदै गर्दा कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा खसेको थियो । मोटरसाइकल चालक २४ वर्षीय दीपेन्द्र राय थारू र पछाडि सवार २३ वर्षीय सुदर्शन चौधरी घाइते भएका थिए ।
घाइतेहरूको न्यूरो अस्पतालमा उपचारको लागि पठाइएको र उपचारको क्रममा सुदर्शन चौधरीको मृत्यु भएको तथा घाइते चालक दीपेन्द्रको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक वीरबहादुर साहले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।