भारतीय गाडी आउने गरी सीमानाका खोलिएको छैन –गृह मन्त्रालय

प्रस, परवानीपुर, १२ असोज/ गत मङ्गलवार समाचार आयो– नेपालका सबै नाका खुल्ला गर्ने सरकारको निर्णय । राति करीब ८ बजेपछि आएको यो समाचारलाई धेरै पत्रकार र सञ्चारजगत्ले कपी–पेस्ट गरे । करीब डेढ वर्षदेखि नेपाल–भारत सीमानाका बन्द रहेको अवस्थामा आएको यो खबरले सीमावर्ती क्षेत्रका मानिसहरूभन्दा पनि होटल व्यवसायीहरू प्रफुल्ल भए । तर सीमानाका खुलेको होइन, खुकुलो […]

अनेरास्ववियुको सिमरामा क्याम्पस कमिटी गठन

प्रस, जीतपुर, १२ असोज/ नेकपा एमालेनिकट अनेरास्ववियुको सिमरा कलेजमा अध्ययनरत विद्यार्थीहरूको प्रारम्भिक कमिटी गठन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ को सभाहलमा भएको भेलामा प्रमुख अतिथि नेकपा एमाले बाराका प्रचारविभाग प्रमुख मनोज पौडेलले विद्यार्थीहरूले नै समाजलाई परिवर्तन गर्ने भएकाले एकजुट भएर अगाडि बढ्न आग्रह गरे । उनले समाजमा भएका विकृति र विसङ्गति अन्त्यका लागि र देश […]

छात्रवृत्तिको रकमबाट पोशाक वितरण

प्रस, पचगावाँ, १२ असोज/ पटेर्वासुगौली गाउँपालिका–५ मा सञ्चालित नेपाल राष्ट्रिय आधारभूत विद्यालय मनिहर्वामा मङ्गलवार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँचसम्मका बालबालिकाहरूलाई छात्रवृत्तिबापतको रकमबाट विद्यालय व्यवस्थापन समितिको निर्णयले पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हरिराज यादवले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद थारू, वडासदस्य पलटप्रसाद थारू, स्थानीय अभिभावक पार्वतीदेवी माझी, मञ्जु […]

मानसिक सन्तुलन बिग्रिएकी गर्भवतीको उद्धार

प्रस, वीरगंज, १२ असोज/ मानसिक सन्तुलन बिग्रिएकी एकजना गर्भवती महिलालाई मानवसेवा आश्रम वीरगंजले उद्धार गरेको छ । मानवसेवा आश्रम वीरगंज शाखाकी संयोजक सानु मानवसेवाले धनुषा जिल्लाको धारापानीधाम नगरपालिका–९ धारापानीबाट रीनाकुमारी देवीको उद्धार गरेको बताइन् । उनको मानसिक सन्तुलन बिग्रिएको हुनाले रीनाकुमारीले मानिसलाई देख्दा गाली गर्ने, एक्लै कराइरहने गरिरहेकी थिइन् । मानवसेवा आश्रम वीरगंजबाट सामाजिक अभियन्ता […]

लायन्सद्वारा विद्यालयलाई सहयोग

प्रस, वीरगंज, १२ असोज/ वीरगंज महानगरपालिका–१८ सौराहास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा लायन्स क्लब अफ वीरगंजले पङ्खा हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ वीरगंजको आयोजना र उपकार सेवा नेपालको सौजन्यमा छ थान पङ्खा हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले आगामी दिनमा विद्यालयको भौतिक संरचनाका साथै पढाइमा सुधारको आवश्यकता रहेको औंल्याए । […]

उपभोक्ता समिति पुनर्गठनमा ढिला वन क्षेत्रका मानिस सेवाबाट वञ्चित

ओमप्रकाश चौधरी, सेढवा, १२ असोज/ पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती क्षेत्र व्यवस्थापनको उपभोक्ता समिति विघटन भएको दुई महीना बितिसक्दा पनि पुनर्गठन हुन सकेको छैन । उपभोक्ता समिति पुनर्गठन नहुँदा सो क्षेत्रका जनसमुदाय सेवाबाट वञ्चित भएका छन् । पर्साको जीराभवानी र ठोरी गाउँपालिकामा रहेका चारवटा मध्यवर्ती समिति क्षेत्रका सर्वसाधारणहरू विभिन्न सेवाबाट वञ्चित भएका छन् । मध्यवर्ती […]

वीरगंजमा तस्करी बढ्दो एकै दिन लाखौं मूल्यका सामान बरामद

प्रस, परवानीपुर, १२ असोज/ चाडपर्व नजीकिंदै गर्दा वीरगंज भएर भन्सार छलीका सामानको तस्करी बढेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दैनिक लाखौं मूल्यका भन्सार छलीका सामान बरामद गर्नुले पनि तस्करी फस्टयाएको सङ्केत गर्छ । जिल्ला प्रहरी कार्यालय पर्साले गत आइतवार राति एकै दिन ४७ लाख मूल्यको अवैध सामान बरामद गरेको थियो । प्रहरीले वीरगंजबाट नेपालगंजको […]

नाकामा खटिएका प्रहरीलाई उनले ५० रुपैयाँ तिर्नुपर्छ

रक्सौलका युवक माछा बिक्री गर्न टोकरीमा लिएर वीरगंजमा भित्रिदै । वीरगंज प्रवेश गर्न नाकामा खटिएका प्रहरीलाई उनले ५० रुपैयाँ तिर्नुपर्छ ।  तस्वीरः तिवारी यादव

दशैं लक्षित आयातले भन्सार राजस्वमा वृद्धि

प्रस, परवानीपुर, ११ असोज/ वीरगंज भन्सार नाका भएर पछिल्लो समय दशैं लक्षित सामानको आयात बढेको छ । सामान बढ्दा राजस्व सङ्कलनमा पनि सकारात्मक वृद्धि देखिएको छ । वीरगंज भन्सारको तथ्याङ्क अनुसार चालू आवको गत साउन र भदौ गरी दुई महीनामा रु २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकोमा करीब रु ५ अर्ब […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्