प्रस, वीरगंज, १२ असोज/
वीरगंज महानगरपालिका–१८ सौराहास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा लायन्स क्लब अफ वीरगंजले पङ्खा हस्तान्तरण गरेको छ ।
लायन्स क्लब अफ वीरगंजको आयोजना र उपकार सेवा नेपालको सौजन्यमा छ थान पङ्खा हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले आगामी दिनमा विद्यालयको भौतिक संरचनाका साथै पढाइमा सुधारको आवश्यकता रहेको औंल्याए ।
लायन्स क्लब अफ वीरगंजका अध्यक्ष छेडुप लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपकार सेवा नेपालका अध्यक्ष पूजा सरावगी, मनोहर टिबडेवाला, बलराम श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनील पटेल, प्रअ रामेश्वरप्रसाद पटेललगायतको सहभागिता थियो । कार्यक्रममा बलराम श्रेष्ठले स्वागत र पप्पु श्रीवास्तवले सहजीकरण गरेका थिए ।